Trending

जिबेश सिङ गुरुङले धम्की दिएकाे कलेज नेपालका कलाकार हरुकाे आराेप

जिवेशले गरेको व्यवहार सम्झेर रियाशा धरीधरी रोइन् | कञ्चन र युगज्योतिलाई अत्याचार र धम्की |

कलेज नेपालकाे चर्चित वेब सिरिज “अाजकालकाे लब” बाट लाेकप्रिय कलाकार हरुले राजिनामा दिएका छन् ! जिबेश सिँग गुरुङले निर्देशन गर्ने उक्त कमेडि सिरिज बाट रियासा दाहाल सँग जिबेश गुरुङकाे खटपट सुरु भएपछि रियासाले अाजकलकाे लब छाेडेर साेल्टिनि वेब सिरिज चलाउदै अाएकी छिन् अहिले एका एक अाजकल काे लब का एकदमै चर्चित झ्यामपुतली बजै(बरिलै) बनेर खेल्ने कलाकार युगज्याेती क्रियाशिल र जिन्दगीकाे गाेरेटाेमा भन्ने थेगाे बाट हिट भएकी “काेमलिका” अर्थात कन्चन खड्काले पनि एक साथ अाजकलकाे लब बाट राजिनामा दिएका छन्

राजिनामा दिनुकाे कारण निर्देशक जिबेश गुरुङग काे अभद्र व्यवहार र मानसिक यातना र धम्की दिएकाे अन्तर्वार्तामा बताएका छन्! रियाशा दाहाल अाजकलकाे लब मा निकै नै लाेकप्रिय थिइन अहिले पनि उनका थुप्रै प्रशँसकहरु छन् तीन जनाले सँगै दिएकाे अन्तर्वार्तामा रियासाले अाँफुलाई जिबेशले निकै तनाब दिएकाे र कुट्नलाई झम्टिएकाे सम्मकाे अाराेप लाएकी छिन “त्यति बेला म कस्ताे हालतमा थिँए त्याे मलाइ मात्र थाहा छ” भन्दै अन्तर्वार्तामा राेईन रियासा !

 

छुच्ची सासू बनेर सबैकाे मन।जितेकी युगज्याेतीले रियासालाई निकाल्नु हुन्न सिरिजलाई असर पर्छ भन्दा पनि जिबेशले ब्यक्तिगत ईगाेकाे कारणले म त्यस्काे क्यारियर खतम पार्दिन्छु भन्दै रियासालाई सिरिज बाट हटाएकाे बताएकी छन् रियाशाकाे ठाउमा अर्काे सुनिसा भन्ने केटीलाई सिरिजमा राखेपछि उसकाे कुरा सुनेर युगज्याेती र कन्चनलाई अनाबस्यक टर्चर र अभद्र व्यवहार गरेकाे युगज्याेती र कन्चनले अाराेप लाएका छन्! सुटिङमा जिबेश अाफै ढिला अाउने र अरुलाई ढिला अाउँदा म बहुला हाे मैले जे भन्छु त्यहि गर्नु पर्छ भन्दै कान समातेर उठबस गर्न लाउने , सुटिङमा सबकाे अगाडि गाली बेइ्जती गर्न थाले पछि अाफ्नाे स्वभिमान बचाउन सँगै राजिनामा दिनु परेकाे युगज्याेती र कन्चनले अन्तर्वार्ता मा अाफ्नाे दुखेशाे पाेखेका छन्! अझ कन्चन खड्का लाई त त तेराे ब्याईफ्रेन्ड लाई छाेड्दे म सँग बिहे गर म स्कुटर किनिदिन्छु भन्दै प्रलाेभनमा पारेकाे र पछि कन्चन नमाने पछि धम्की समेत दिएकाे बताएकी छिन् र कन्चनकाे ब्यक्तिगत कुरालाई झिकेर अनाबस्यक मानसिक तनाब दिन थाले पछि कन्चनले राजिनामा दिन बाध्य भएकाे बताएकी छिन्!

 

सँगै मिल्दा बस्दा पनि एक अर्कालाई मिल्न नदिने त्याे सँग नजिक नहाे भन्दै एक अर्काकाे नराम्राे कुरालाएर झगडा पार्न समेत जिबेश सिङग गुरुङ ले भुमिका खेलेकाे र म तिमिहरुकाे कलाकारिता काे क्यारियर नै समाप्त पारिदिन्छु मुद्दा हाल्छु भन्दै बारम्बार धम्की दिएकाे र उनिहरुले खेल्न लागेकाे सिरियलमा समेत तिनिहरुलाई नखेलाउनु भन्दै धम्की दिदै हिडेकाे खुलासा गरेका छन्! एक घन्टा भन्दा लामाे अन्तर्वार्तामा यसरी अाफुलाई परेकाे अन्याय लुकाएर राख्नु भन्दा जिबेश सिङग गुरुङ ले बारम्बार युगज्याेती र कन्चनलाई फाेन म्यासेज गर्दै उनिहरकाे परिवारलाई नै तनाब दिन थालेपछि मिडियामा अाउन बाध्य भएकाे बताएका छन्! र अब तिनै जना मिडिया हबकाे कमेडि सिरियल अत्ति भाे मा काम गर्ने बताएका छन्!

अदिप्त प्रकाश

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close