जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख मिश्र द्वारा सिप्रदीको अनुगमन।सिप्रदीले प्रहरीलाई गाडी व्यवस्थापन तालिम गराउने

वीरगञ्ज।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि वीरगञ्जमा अनुगमन गरेका छन।

अनुगमनमको क्रममा पर्साका प्रमुख प्रहरी उपरीक्षक मिश्र र टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि पर्सा,बाराको प्रमुख प्रबन्धक सन्दीप गुप्ता बिच पर्सा जिल्लाको प्रहरीहरु लाई गाडि व्यवस्थापन सम्बन्धी तालिम यहि फाल्गुण १२ गते सिप्रदी ट्रेडिङ प्रालीको व्यवसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रहेको शिप्रदीयन सहायता संस्था द्वारा दिने भएको हो।

नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि वीरगञ्जले जिल्ला प्रहरी कार्यालय पर्साबाट माग भएबमोजिम प्रहरीहरुलाई सिप्रदी ट्रेडिङ प्रा.लिका इन्जिनियर मार्फत तालिममा गाडि मर्मत,विद्युतीय गाडीसम्बन्धी जानकारी,सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरूबारे तालिम दिने सिप्रदी ट्रेडिङ प्रालि पर्सा,बाराका प्रमुख प्रबन्धक सन्दीप गुप्ताले जानकारी दिए।

टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.ली वीरगञ्जको अनुगमनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र,नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुपता,सौर्य दैनिकका पवन प्रसाद साहको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close