हरि खेतान बहुमुखी क्याम्पस मधेस कै उत्कृष्ट बनाइने : ब्यवस्थापन समिती

हरि खेतान बहुमुखी क्याम्पस मधेस कै उत्कृष्ट बनाइने : ब्यवस्थापन समिती

राहुल गुप्ता
पर्सा जिल्ला लको सर्वश्रेष्ठ क्यामपसको रुपमा रहेको हरि खेतान बहुमुखी क्याम्पसले शिक्षाको क्षेत्रमा बहुमुल्य योगदान पुर्याउदै आइरहेको छ। पर्सा,बारा रौतहट लगायत मधेस प्रदेशका जिल्ला भरीका विद्यार्थीहरुको लागि प्रमुख रोजाइको रुपमा रहेको यस क्याम्पसले उच्च स्तरीय खालको शिक्षा प्रदान गर्दै आइरहेको छ ।

अहिले यस हरि खेतान बहुमुखी क्याम्पसको व्यवस्थापन समितिले शिक्षा दिनुका सामाजिक कार्यमा पनि उल्लेखनीय योगदान पुर्याउदै आएको छ । यस क्याम्पसलाई मधेस प्रदेशकै उत्कृष्ट क्याम्पसको रुपमा विकसित गर्दै अगाडि बढि रहनुभएको छ। यस श्रंखला अन्तर्गत व्यवस्थापन समितिले यस क्याम्पसका महिला विद्यार्थीहरूको सुविधाको लागि क्याम्पसमा निःशुल्क रुपमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यस्तै अन्य सुविधाहरू पनि थप्दै जाने क्याम्पस व्यवस्थापन समितिले जनाएका छन ।

अहिले यस क्याम्पसले पर्सा बारा जिल्लाका ग्रामीण विद्यार्थीहरुको लागि बसहरु थप्दै गइरहेको छन । दिन प्रति दिन यस क्याम्पसमा विद्यार्थीहरुको चाप बढ्दै गएको ले ब्यवस्थापन का लागि नया सुबिधा सम्पन्न भवन पनि बनाइरहेको छ । ख्याति प्राप्त शिक्षक द्वारा विद्यार्थीहरु लाई पढाउन लगाइएको छ । यस क्याम्पस बाट नेपाल भरी मा नै विद्यार्थीहरु ले उत्कृष्ट अंक ल्याउन सफल भएका छन । आउने दिनमा पनि क्याम्पसलाई मधे को उत्कृष्ट क्याम्पसको रुपमा विकास गरिने ब्यवस्थापन समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close