सानेपामा बारा काङ्ग्रेसको आन्दोलन १६ औं दिन पनि जारी , उता देउवा गुट पनि आफ्नो गलत कार्य ढाकछोप गर्न धर्ना बस्दै ।

काठमाडौं , साउन ११ गते सोमबार ।

नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय सानेपामा बारा काङ्ग्रेसका एक थरी नेता, कार्यकर्ताहरु, वडा सभापति हरुको आजको धर्नाको १६ औ दिन भएको छ ।बाराका तीन वटा क्षेत्रीय सभापतिहरु क्रमश १ , २ र ४ का बिजय शन्कर यादव, राम प्रवेश यादव र सुनिल गुप्ता तथा जिल्ला सभापति जयचन्द्र चौरसियाले बारामा क्रीयाशिलमा गरेको धाधलीको बिरोधमा धर्ना आन्दोलन गरेका छन ।

धर्नामा संविधानसभा सदस्यहरु लालबाबु सिंह , राम अयोध्या यादव, नेताहरु रामनन्द यादव, ३ न. क्षेत्रका क्षेत्रीय सभापति मुकेश कुशवाहा, राजेश रौनियार , मनोज भट, सुरेश खनाल, उपेन्द्र यादव लगायत सयौ जना धर्नामा रहेका छन।

उता आफ्नो पोल खुल्ने डरले जिल्ला सभापति जय चन्द्र चौरसियाको नेतृत्वमा देउवा पक्ष पनि पार्टी कार्यालय मै पाल टाङी धर्नामा बसेका छन।

देउवा समूहको धर्नामा बसेका मध्ये अधिकान्श करारका कर्मचारी रहेका छन ।सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु मेयर बिजय शन्कर यादवले धर्नामा राखेका छन। बिचरा कर्मचारीहरु मेयरले भने बमोजिम धर्नामा नबसे जागिर धरापमा पर्ने, धर्नामा बसे भबिस्य चौपट हुने भन्दै काङ्ग्रेस कार्यालय परिसरमा बिलौना गर्छन।

प्रसङ बारा काङ्ग्रेस को हो ,बिगतको दिनमा राजावादी रहेका केन्द्रिय सदस्य राधे चन्द्र यादव र केन्द्रिय सदस्य फरमुलाह मन्सुर दुबै ले मिलि आफ्नो गुट को बर्चस्व कायम गराउन बारा काङ्ग्रेसमा भाडभैलो मच्चाउन तल्लिन भएका छन।।

बिगतको संसदीय चुनावमा सान्सद समेत लडेका लालबाबु सिंह , निजगढका निर्वाचित मेयर सुरेश खनाल जस्ता काङ्ग्रेसका दिग्ग्जहरु, पुर्ब जिबिस सभापति राजेन्द्र यादव, जिल्ला सदस्य प्रमोद यादव , वडा सभापतिहरु समेत २५०जना नेता कार्यकर्ताहरुको नविकरणको सिफारिस वडा सभापतिहरुले गरे तापनी क्षेत्रीय सभापति र जिल्ला सभापतिले पार्टी क्याप्चर गर्ने मनसायले नविकरण नगरेका हुन।

पार्टी को नेतृत्व वर्ग खासमा आन्दोलन प्रती उदासिन रहेकाले अन्तिम लडाइ लाई निस्कर्ष मा पुर्याउन जुन सुकै हद सम्म आन्दोलन गर्ने तयार छौ काङ्ग्रेसका युवा नेता राजेश रौनियारले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close