कपलेश्वर यादव नेपाल बिद्यार्थी संघको महामन्त्रीमा नियुक्त

सुनसरीका कपिलेश्वर यादव कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्रीमा नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको संगठन संरचना समायोजनका सन्दर्भमा यादवलाई आइतबार नेविसंघको महामन्त्रीमा नियुक्त गरेका हुन् ।

उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा यादव महामन्त्री नियुक्त भएका हुन् । उनी यसअघि नैनसिंह महरको कार्यकालमा पनि महामन्त्री नियुक्त भएका थिए । यादवसँगै नेविसंघमा महामन्त्रीको संख्या आठ पुगेको छ । देउवाले १६ माघ, ०७६ मा ६ महिनाभित्र अधिवेशन गराउने गरी राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेका थिए । तर, ढुंगाना नेतृत्वको समितिले करिब दुई वर्ष पुग्न लाग्दा पनि अधिवेशन गराउन सकेको छैन ।

ढुंगाना नेतृत्वको कार्यसमितिमा तुलसा पन्त र मुक्तिराज पौडेल उपसभापति छन् । त्यस्तै, मनोज वैद्य, बलदेव तिम्सिना, युवराज पाण्डे, दिपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल र महेश्वरी कुँवर महामन्त्री छन् । सहमहामन्त्री र अन्य पदमा नेताहरुबीच भागबन्डा नमिल्दा मनोनीत हुन सकेको छैन । kantipur daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close