नेपाली कांग्रेसको चुनावमा अजय चौरसिया द्वारा लोकप्रिय मत प्राप्त गरी विजय हासिल

नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी खुलातर्फ अजय चौरसियाले सबैभन्दा धेरै मत पाएर बिजय हासिल गरेका छन् ।
नेपाली कांग्रेस को १४ केन्द्रिय महाधिवेशन को मधेशी कोटा तर्फ को चुनावी नतिजा सार्वजनिक भएको छ। मधेसी तर्फबाट ५ जना को केन्द्रीय सदस्यका लागि भएको चुनाव मा ३५ जना ले भाग लिएका थिए ।

जस अनुसार एक नम्बरमा सब भन्दा बढी मत पर्सा जिल्लाका प्रभावसाली नेता अजय चौरासीयाले हासिल गरेका छन । उनले २५२२ मत प्राप्त गरि पहिलो स्थान हासिल गरेका छन। पहिलो पटक प्राप्त नतिजा अनुसार चौरसियाले २५२२ मत पाएका छन् । अजय चौरसियाले गगनकुमार थापाले महामन्त्रीमा भोट पाएकै शैलीमा मत पाएका छन् ।

नेपाली कांग्रेसमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यूवाहरू बिच आदरणीय अंकल अजय चौरसिया केन्द्रीय सदस्यमा अत्यघिक मतका साथ तेस्रोपटक निर्वाचित।एक प्रभावशाली नेताको रुपमा रहेका पुर्व मन्त्री अजय चौरसिया तेस्रोपटक केन्द्रीय कार्यसमितिमा लोकप्रिय मत सहित निर्वाचित हुनु भएको छ। नेपाली काङ्ग्रेसका युवा पुस्ताका नेता ,बैचारिक नेतृत्वदायी ,युवा रुपान्तरणका संवाहक देखि नै राजनितिमा होमिएर पर्सा जिल्लामा नै लोकप्रिय नेताको रुपमा रहेका छन।

प्रधानमन्त्री देउवाका विश्वास पात्र समेत रहेका छन।नेपाली कांग्रेसको अधिबेशनमा पर्सा जिल्लामा उनले एकलै हरेक निर्वाचन क्षेत्रमा बहुमतका साथ आफ्नो प्रतिनिधिलाई बिजय गराउन सफल भएका छन।

नेपाली कांग्रेसमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको चौरसियालाई नेपालि काङ्ग्रेसका नेता धिरज गुप्ताले बधाई तथा सुभकामना ज्ञापन गर्नुभएको छ । पूर्व मन्त्रि समेत रहुनभएको चौरसिया प्रधानमन्त्री शेरबहादुर देउवाको निकट मिनिनु हुन्छ र उहा एउटा युवा पिढीको लागी उर्जाको श्रोत रहेको भएको नेता गुप्ताले बताउनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close