कांग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍याे , अब माघ १५ गते हुने

काठमाण्डौ – नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरी सरेको छ । यसअघि विभिन्न कारणले पटक पटक सर्दै आएको जिल्ला अधिवेशन यसपटक राष्ट्रियसभा चुनावको कारण सरेको हो ।

अधिवेशन हुन बाँकी १६ वटा जिल्लाको अधिवेशन यहि पुसको २७ गते गर्ने कार्यतालिका रहेकोमा सारेर माघको १५ गतेलाई नयाँ मिति तोकिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

माघ १२ गते हुने राष्ट्रियसभा चुनावका कारण अधिवेशन सरेको समितिले जनाएको छ । नेपाली कांग्रेसले प्रदेश दुईका सबै आठ वटा जिल्ला, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न सकेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close