
वीरगंज, पर्सा
नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं १० को बुथ कमिटीको बैठक आज सम्पन्न भएको छ।
बुथ सभापति तथा हालका वडा अध्यक्ष राम नगिना प्रसाद कानुको सभापतित्वमा भएको बैठक बाट आउदो स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित सदस्यहरुको नामको लागि निम्न ब्यक्तित्वहरु ले आ- आफ्नो प्रतिनिधि छनौटमा नाम दिएका छन।
नाम दिने क्रममा वडा अध्यक्षमा राम नगिना प्रसाद कानु,मनोहर साह कानु,धर्मदेव साह कानु, नगर परिषद सदस्य पुरुष तर्फमा अरविन्द साह कानु,दिपक साह कानु, पुष्कर राजबंसी,सम्भु साह कानु,कृष्णा खेतान,राजेस बोधरा ,राकेस कुमार साह कानु, रमेश साह, अरबिन्द कुमार सिंह,राम कुमार साह (नन्दु साह),राजु साह तुराहा,हरि प्रसाद साह, गोबिन्द शर्मा त्यसतै महिला नगर परिषद सदस्यहरू मा संतोष देबी खतिवडा,बबिता तिवारी, कल्पना दारुका खेतान,निसा कुमारी साह त्यसतै दलित महिला सदस्य म सुमन देबी राउत रहेकी छिन्।
उत्क बैठक नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं १० का बुथ सभापति राम नगिना प्रसाद कानुको सभापतित्वमा मा भएको थियो।कार्यक्रममा बुथ कमिटीका उपाध्यक्ष आत्माराम गुप्ता,राकेस कुमार साह सचिव भैरव महर्जन, दिपेश श्रीवास्तव,सह सचिव राहुल कुमार गुप्ता,सुभनारायण पटेल, कोषाध्यक्ष ज्ञानेशढुङगाना, सदस्यहरु सुनिल कुमार कलवार,नुर आलम,श्याम झा, संतोष देबी खतिवडा,पुनम शर्मा, रामेश्वर प्रसाद कानु लगायत सबै क्षेत्रीय क्षेत्रिय प्रतिनिधि तथा प्रदेश मन्त्री ओमप्रकाश शर्मा, राकेस सिंह,हिरालाल साह कानु, परमानन्द साह कानु, कृष्ण कुमार खेतान,बैकुण्ठ श्रीवास्तव,कन्हैया झा , विजय साह कानु, संतोष कुमार गुप्ता, अरबिन्द साह कानु, राजेश कयाल लगायतका ब्यक्ती हरु को उपस्थिति रहेको थियो ।
त्यस्तै अशोकवाटिका स्थित शिवपार्वती धर्मशालामा सम्पन्न भेलाले स्थानीय निर्वाचनमा काँग्रेसलाइ जिताउन विभिन्न समितिहरु पनि गठन गरेको छ । भेलाले चुनाव प्रचार प्रसार समिति र कार्यसम्पादन समिति गठन गरेको काँग्रेसका बुथ सभापति समेत रहेका वडा नम्बर १० का वडा अध्यक्ष रामनगीना साह कानुले जानकारी दिनुभयो।
बुथसभापति रामनगीना साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला प्रतिनिधी दिना प्रसाद गुप्ता , प्रदेश सरकारका उर्जा तथा सिंचाइमन्त्री ओम प्रकाश शर्मा , महाधिवेशन प्रतिनिधि राकेश सिंह लगायत को उपस्थिति रहेको थियो।




