नेत्री मालती देबी कुशवाहा ले नेपाल सुसासन पार्टी बाट कालिका माइ गा.पा मा उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा।

वीरगंज, पर्सा

नेपाल सुसासन पार्टी बाट पर्सा जिल्लाको कालिका माइ गाउँपालिका मा उपाध्यक्ष पदमा नेत्री मालती देबी कुशवाहा ले उमेदवारी दिने घोषणा गरेकी छिन।

कालिका माइ गाउँपालिका का को विभिन्न वडा मा घरदैलो तथा भेटघाट कार्यक्रम गरेकी छीन । भेटघाटका क्रममा नेत्री मालती देबी कुशवाहा ले विभिन्न वडाको समस्याबारे स्थानिय संग छलफल गरेकी थिइन ।

स्थानियले वडामा सोचे जस्तो बिकाश नभएको र वर्तमान जनप्रतिनिधि आफनो व्यत्तिगत स्वार्थपुर्तिमा मात्र लागेको बताएका थिए । स्थानियले संकटको बेला सहयोग नगर्ने तथा निर्वाचनको बेला मात्र जनताको घरमा पुग्ने स्वार्थी नेताहरुको काम नभएको बताएका थिए ।

नेत्री मालती देबी कुशवाहा ले गत स्थानिय तह को चुनाव मा नेपाली जनता दल बाट (चक्का छाप)चुनाव चिन्ह बाट उमेदवारी दिएकी थिइन् त्यो बेला प्रतिस्पर्धा को क्रममा दोश्रो स्थानमा आउन सफल भएकी थिइन्।

साथै कोरोनाका कारण सरकारले लगाएको लकडाउन अवधि भरि गरिब दिनदुखीहरु लाइ सहयोग गरेकी थिइन् ।

त्यसैगरी बाढि पहिरोको बेला पनि नेत्री मालती देबी कुशवाहा ले घर डुबानमा परेका परिवारलाई सहयोग गरेकी थिइन् ।उनले समाजसेवालाई थप सहज र व्यवस्थित बनाउन राजनितिमा लागेकी बताए ।

नेत्री मालती देबी कुशवाहा ले समाजसेवालाई अब राजनितिको माध्यमले पुरा गर्ने बताइन । उनले जिल्ला कै नमुना गाउँपालिका को रुपमा बिकाश गर्ने योजना रहेको बताइन। त्यसैले नेत्री मालती देबी कुशवाहा ले नेपाल सुसासन पार्टी बाट कालिका माइ गाउँपालिका को उपाध्यक्ष पदमा उमेदवारी दिन लागेकी छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close