
वीरगंज, पर्सा
जन्ता समाजवादी पार्टी नेपाल द्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र पर्साका युवा नेता एवम् स्थानीय निर्वाचन २०७९ मा वीरगंज महानगरपालीका वडा नः१२ को वडा अध्यक्ष पदमा उम्मेदवार भई राम्रो मत प्राप्त गर्न सफल भएका चर्चित युवा नेता महमुद अंसारी र नेपाल कम्युनिस्ट पार्टी एमालेका वाडा नं १२ का एकाई समितिका सह सचिव बिरेन्द्र गुप्ता, इकाइ समितिका सदस्य हरिसंकर राऊत, सबिब अंसारी ,विजय क्षेत्री ,मक्सुद अंसारी , लगायतका नेताहरू दल बलका साथ जनता समाजवादी पार्टी नेपाल मा प्रबेश गरेका छन।
पार्टी प्रवेश गरेका सम्पुर्ण नेता तथा कार्यकर्ताहरु लाइ बन तथा वातावरण मन्त्रि प्रदिप यादवले फुलमाला अबिर टिका लगाइ पार्टी प्रवेश गराएका थिए साथै पार्टी प्रवेश गरेका सम्पुर्ण लाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।




