
नेपाली कांग्रेस पर्सा को निर्वाचन क्षेत्र नं.१ को (क) बाट सुधिर पटेल र क्षेत्र नं.२ को (ख)बाट श्याम पटेलको नाम सिफारिस भएको छ।
अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि सिफारिस भएका छन् । वीरगन्जका चर्चित युवा नेता पटेल पर्साको निर्वाचन क्षेत्र नं. १ (क) का लागि प्रत्यक्ष तर्फ सिफारिस भएका छन् ।
वीरगंज स्थित रोयल पार्टी प्यालेसमा क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ताको अध्यक्षतामा बसेको नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिको बैठकले युवा माझ लोकप्रिय रहेका सुधिर पटेलको नाम सिफारिस गरेको हो। पटेल तरुण दल पर्साका पूर्व सचिव एवं नेपाल विधार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् ।
पर्सा निर्वाचन क्षेत्र नं.२ (ख) क्षेत्रिय कार्य समिति को बसेको बैठक बाट श्याम पटेलको को नाम प्रत्यक्ष तर्फ अगामी प्रदेश सभामा नाम सिफारिस भएको छ ।
पटेल लोकप्रिय चर्चित युवा नेता हुन ।जन्ता को दुख र सुखमा सधै दिन को दिन रातको रात नबुझी सेवामा लागिरहने क्षेत्रमा नाम कमाएका ब्यत्कि हुन।
नेपाली कांग्रेस पर्सा जिल्ला सभापति प्रत्याशी,महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव समेत रहेका हुन्।




