स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले गरे घरघरमा स्वागत

स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई बहुरमाई नगरपालिकाको सिसियाडीका मतदाताले विजयी तिलक लगाइदिएका छन् ।

पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार सिंह नै अहिलेको आवश्यकता रहेकाले मंसिर ४ गतेको निर्वाचनमा जसरी पनि विजयी बनाउने भन्दै मतदाताले अहिले नै विजय तिलक लगाइदिएका हुन् ।

दलका नेताहरु व्यक्तिगत स्वार्थमा र दलको दलदलमा फसेकाले अब स्वतन्त्र उम्मेद्वारलाई सबैले समर्थन गर्नुपर्ने मतदाताहरुले बताएका थिए ।

सिसियाडी टोलमा पुगेका सिंहलाई घरघरमा मतदाताले स्वागत गर्दै अबिर लगाएर विजयको आशिर्वाद दिएका थिए ।
स्वतन्त्र उम्मेद्वार सिंहले काम गर्ने मान्छेलाई जिताएर पठाउन आग्रह गर्दै आफूले काम गर्न नसके जनकारबाही भोग्न तयार रहेको बताए ।

उनले नीति बनाउन चुनावमा होमिएकाहरु विभिन्न प्रलोभन दिँदै हिडिरहेको भन्दै प्रलोभनमा नफस्न पनि सबैलाई आग्रह गरे ।
घरदैलो अभियानमा युवा, महिला, अग्रज, बुद्धिजिवि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close