
बारा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १८६ जनाको उम्मेदवारी परेको छ, जसमा ८४ जना स्वतन्त्र उम्मेदवार छन् ।
बारा क्ष्Fेत्र नं १ बाट प्रतिनिधिसभामा आठजनाको उम्मेदवारी परेको र त्यसमध्ये छजना स्वतन्त्र छन् । यो क्ष्Fेत्रबाट प्रदेशसभा (क)मा १३ जना र (ख)बाट १५ जना गरी २८ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभाका दुवै क्षेत्रबाट १४ जना स्वतन्त्र उम्मेदवार छन् ।
क्ष्Fेत्र नं २ बाट प्रतिनिधिसभामा १५ जनाको उम्मेदवारी परेको छ, जसमा नौजना स्वतन्त्र छन् । प्रदेशसभाका लागि क्षेत्र नं (क) र (ख)बाट ३२ जनाको उम्मेदवारी परेको र त्यसमध्ये २० जना स्वतन्त्र छन् ।
यसैगरी, क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये पाँचजना स्वतन्त्र छन् । यो क्षेत्रको प्रदेशसभा सदस्यमा (क) र (ख)बाट २७ जनाले उम्मेदवारी दर्ता गराएका १० जना स्वतन्त्र उम्मेदवार छन् ।
क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन्, जसमध्ये १० जना स्वतन्त्र छन् । यो क्षेत्रबाट प्रदेशसभा (क) र (ख)बाट २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये १० जना स्वतन्त्र छन् ।
पर्साको तुलनामा बारा जिल्लामा दलगत प्रतिनिधित्व बढी देखिएको छ भने स्वतन्त्र उम्मेदवारी थोरै देखिएका छन् । १०२ जना दलगतरूपमा उम्मेदवार छन् भने ८४ जना स्वतन्त्र उम्मेदवार छन् ।
बारा क्ष्Fेत्र नं १ बाट प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने एमाले–जसपाबाट एमालेका अच्युतप्रसाद मैनालीले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ को (क)बाट प्रदेशसभामा सत्तारूढ गठबन्धनबाट नेकाका रमेशप्रसाद दङ्गाल र एमाले–जसपा गठबन्धनबाट एमालेका त्रिलोकी चौधरीलगायत उम्मेदवारहरूले प्रदेशसभामा उम्मेदवारी दिएका छन् । यसैगरी, (ख)बाट सत्तारूढ गठबन्धनबाट नेकाका नागेन्द्रसाह कानू र जसपा–एमालेबाट जसपाका सरोजकुमार यादवलगायतले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा पनि सत्तारूढ गठबन्धनबाट नेकपा (एस)का बतहुराय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
बारा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र जसपा–एमाले गठबन्धनबाट जसपाका रामसहाय यादव उम्मेदवार छन् । क्षेत्र नं २ को (क)बाट लोसपाका मोतीलालप्रसाद र जसपा–एमाले गठबन्धनबाट बलवीर चौधरी उम्मेदवार छन् । क्ष्Fेत्र नं २ (ख)बाट सत्तारूढ गठबन्धनका रामअयोध्या यादव र जसपा–एमाले गठबन्धनबाट जसपाका बच्चाराउत अहिर उम्मेदवार छन् ।
बारा क्ष्Fेत्र नं ३ मा सत्तारूढ गठबन्धनबाट लोसपाका लालबाबू सिंह भूमिहार र जसपा–एमाले गठबन्धनबाट ज्वालाकुमारी साह उम्मेदवार छन् । यो क्षेत्रबाट प्रदेशसभा (क)मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका मुकेश साह र जसपा–एमाले गठबन्धनबाट रवीन्द्रदास श्रेष्ठ उम्मेदवार छन् । (ख)बाट सत्तारूढ गठबन्धनका जयचन्द्रप्रसाद चौरसिया र एमालेबाट महम्मद समीर र जसपाबाट पारसप्रसाद साहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
क्ष्Fेत्र नं ४ बाट प्रतिनिधिसभामा गठबन्धनबाट नेकपा (एस)का कृष्णकुमार श्रेष्ठ र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मियाँले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं ४ (क)बाट प्रदेशसभामा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ र एमाले–जसपा गठबन्धनबाट एमालेका देवनारायण थारूले उम्मेदवारी दर्ता गराएका छन् । (ख)बाट सत्तारूढ गठबन्धनबाट लोसपाका जीतेन्द्रप्रसाद सोनार (सोनल) र एमाले–जसपा गठबन्धनबाट जसपाका आत्मारामप्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन् ।
बाराका चारवटा क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा जनमत पार्टी, विवेकशील साझा पार्टी, नेपाली काङ्ग्रेस विपी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील, राप्रपा, हाम्रो नेपाल, राप्रपा नेपाल, नेपाल लोकतान्त्रिक, नेपाल सद्भावना पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टीबाट उम्मेदवारी परेका छन् । eprateeek





