अमेरिका मधेसी समाजको पाँचौँ साधारण अधिवेशन टेक्सासको क्यारोलटनमा सम्पन्न

अमेरिका मधेसी समाजको पाँचौँ साधारण अधिवेशन टेक्सासको क्यारोलटनमा सम्पन्न

क्यारोलटन, टेक्सास – अक्टोबर ११, २०२५

अमेरिका मधेसी समाजको पाँचौँ साधारण अधिवेशन टेक्सासको क्यारोलटन शहरमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनमा अमेरिका भरका प्रतिनिधि तथा समुदायका सदस्यहरू गरी २०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य अतिथि पूर्व सांसद सरला यादव (नेपाल) रहनु भएको थियो भने विशेष अतिथि क्यारोलटन शहरका मेयर श्री स्टीभ बेबिक रहनुभएको थियो। दुबै अतिथिहरूले अमेरिकास्थित नेपाली समुदायबीच एकता, सांस्कृतिक पहिचान संरक्षण, र आपसी सहकार्यको आवश्यकता र महत्वबारे आफ्नो विचार व्यक्त गर्नुभयो।


यस अधिवेशनमा श्री रामबाबु गुप्ता टेक्सास(Texas) च्याप्टरको अध्यक्षमा दोस्रो कार्यकालको लागि सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ भने श्री नित्य साह केन्द्रीय समितीको अध्यक्षमा निर्वाचित हुनुभएको छ। साथै, विजय कुमार यादवको अध्यक्षतामा नयाँ बोर्ड अफ डाइरेक्टर्स समेत गठन गरिएको छ। समितिका नव–निर्वाचित पदाधिकारीहरूले संस्थाको लक्ष्य, समुदायको सेवा प्रवर्द्धन, र एकताको सुदृढीकरणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सामुदायिक विकास, सांस्कृतिक पहिचान संरक्षण, तथा अमेरिका भर फैलिएका मधेसी समुदायबीच आपसी सम्बन्ध सुदृढ पार्ने विषयमा व्यापक छलफल गरिएको थियो। साथै, विभिन्न सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक सत्रहरू पनि आयोजना गरिएको थियो।

यस पाँचौँ साधारण अधिवेशनको सफल समापनले अमेरिकामा बसोबास गर्ने मधेसी समुदायबीचको एकता, पहिचान, र सहयोगी भावना अझ सुदृढ भएको स्पष्ट संकेत दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close