
वीरगंज, पर्सा
नेपाल विद्यार्थी संघ पर्सा को अध्यक्षमा रमेश कुमार यादवलाइ मनोनयन गरेको छ।
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरुमा विवरण मागे बमोजिम मितिः२०७९ /६ /१३ गते प्राप्त नेपाली कांग्रेस, पर्सा जिल्लाको पत्र अनुसार र नेपाल विद्यार्थी संघ पर्सा को नेतृत्व रिक्त रहेको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले र आसन्न संघ र प्रदेशको निवाचनलाई लक्षित गरि संगठनलाई चलायमान बनाउनको लागि हाललाई नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटी संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि नेपाल विद्यार्थी संघ पर्सा जिल्लाको अध्यक्ष पदमा रमेश कुमार यादव लाइ जिम्मेवारी दिइएको छ ।
नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउनु हुनेछ भन्ने विश्वास लिएको
छ।
तपाईको मनोनयनले संघलाई थप उचाई प्राप्त गर्ने विश्वास लिदै कार्यकाल सफलताको शुभकामना पत्रमा उल्लेख गरिएको छ।




