यस पटकको लडाई संविधान रक्षाको लागि रहेकोले सत्ता गठबन्धनलाई जिताउन रिजालको आग्रह

सत्ता गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा उम्मेदवार रमेश रिजालले एकै दिन २ पालिकामा छुट्टाछुट्टै भेला सम्पन्न गरेका छन् । चुनावी कार्यक्रमलाई तिव्रता दिदै सत्ता गठबन्धनका उम्मेदवार रिजालले आइतबार क्षेत्र नं. ४ को का २ वटा गाउँपालिकाले कार्यकर्ता परिचालन गर्नका लागि छुट्टाछुट्टै चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

रिजालले जिराभवानी गाउँपालिकाको सेढवामा र जगरनाथपुर गाउँपालिकाको मसिहानीमा अगुवा चुनावी कार्यक्रम सम्पन्न गरेको हो । आफ्ना उम्मेदवार विजयी बनाउन कुनै कसर बाँकी नराख्ने लक्ष्यकासाथ क्षेत्रीय समिति, पालिका समितिका साथै वडा समिति र गाउँकसमितिलाई सक्रिय बनाएर चुनावी अभियान अघि बढाउन कार्यक्रमहरु ग्रिएको कांग्रेस प्रदेस अध्यक्ष जीवनकृष्ण सापकोटाले बताए ।

चुनावी कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले सम्बोधन गर्दै अहिलेको लडाई व्यक्तिगत नभई संविधानको रक्षाका लागि भएको बताए । संविधान विरोधी र संविधान रक्षार्थ रहेकाहरुबीचको लडाई रहेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउने गरी अभियानमा लाग्न आग्रह गरे ।

उनले दुईतिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद नै विघटन गरेर संविधान समाप्त पार्न खोजेको स्मरण गराउँदै त्यसबेला कांग्रेसले संसद व्युताएर संविधानको रक्षा गरेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार शंकर चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्षहरु बबिता सिंह, रेखा चौधरी, युवा नेता राकेश यादव लगायतको नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close