जनमत पार्टीबाट वडा अध्यक्षका प्रत्यासी ठाकुरले गरे जसपा प्रवेश

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनमत पार्टीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्यासीले जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष उम्मेदवार पवन कुमार ठाकुरले जसपा प्रवेश गरेका हुन् ।

ठाकुरलाई जसपाका राजनीति समिति सदस्य प्रदीप यादवले पार्टीमा भित्र्याएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवले ठाकुरलाई मंगलबार वीरगञ्जमा एक अनौपचारिक कार्यक्रम बीच फूलमाला र टिका ल;लगाएर पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गर्दै ठाकुरले जसपाले मात्र देशमा विकास र समृद्धि ल्याउन सक्ने भएकोले आफूले जनमत पार्टी त्यागेर जसपा रोजेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close