सहभागिताका साथ निर्वाचन क्षेत्र नं १(ख) को रोड शो सम्पन्न

वीरगंज, पर्सा

पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख)का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीलाई जिताउन भन्दै मतदाताहरु गाउँगाउँमा जुटिरहेका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी लाइ माटोले मागेको, देशले चिनेको नेता रहेकाले आफ्नो ठाउँ उज्वल बनाउन यस्ता व्यक्तिलाई जिताउनु आवश्यक रहेको भन्दै मतदाताहरु एकजुट भएर लागेका हुन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका कुर्मीले यस क्षेत्र मा मुख्य मन्त्री लालबाबु राउत ले मात्र विकास को भाषण गरे र बिकास नगरेको ले त्यस्ता व्यक्ति लाइ छाडी कुर्मीलाई जिताउनै पर्ने भन्दै मतदाताहरु प्रचार प्रसारमा लागेका छन् ।

मंगलबार क्षेत्र नम्बर १ मा पर्ने वीरगंज महानगरपालिका को वडा नम्बर ५ मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी ले रोड शो गर्दै मतदाताहरुसँग भेट गरेका छन् ।

मतदाता भेटघाट को क्रममा निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी ले भने म जिते आफनो निर्वाचन क्षेत्र नं (ख) मा प्राबिधिक विधालय स्थापना र हरेक वडा ना बर्थिग्ङ सेन्टर स्थापना गर्ने र पढेलेखेका युवा युवतीहरु लाइ रोजगारी दिलाउने मेरो पहिलो प्राथमिकता रहेको मतदाताहरुको बिचमा भनेका हुन।

रोड शोमा निस्केको जनलहरले आफूहरुमा उत्साह थपिएको नेपाली कांग्रेस पर्साका उप-सभापति तथा निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका नेता कुर्मीले बताए ।रोड शोमा नेपाली कांग्रेसका नेता अनिल सिंह,भोला कलवार,किरण सरकार,श्याम पटेल,फिरोज आलम को नेतृत्वमा मुस्तफा अंसारी,सुरज पटेल,मकबुल देवान,ने.वि.संघ पर्साका सभापति बिकास तिवारी,केशव,फिरोज लगायत पार्टीका भातृ संगठनका पदाधिकारी तथा कार्यकर्ताहरु को सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close