प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी द्वारा बीरगंज वार्ड नं ७ मा घरदैलो

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का विभिन्न टोलहरुमा नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेदवार रामनारायण प्रसाद कुर्मीले बिहीबार घरदैलो गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट पाँच दलीय सत्ता गठबन्धनका समेत उम्मेदवार कुर्मीले घरदैलोलाई निरन्तरता दिँदै बिहिबार वडा नम्बर ७ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् ।

जनतासँगको साक्षात्कारका क्रममा कुर्मीले जनतामा आशाको किरण छर्न र सपनाहरुलाई मुर्त रुप दिनका लागि आफुलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको बताए ।

लामो समयदेखि खोजे र सोचेजस्तै नेता नपाएकोमा निराश बनेका जनता कुर्मीको उम्मेदवारीले आशावादी देखिएका छन् ।

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने कुर्मीले जितेमा जनता निराश हुन नपर्ने मतदाताको प्रतिक्रिया छ ।

चाडवाड सकिएसँगै जनताको घरदैलोमा पुगेका कुर्मीले अरु टोलहरुमा पनि पुगेर जनताको समस्या र गुनासो सुन्ने क्रमलाई निरन्तरता दिदै आएका छन्।

कुर्मीसँगै घरदैलोमा नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ताका साथै सत्ता गठबन्धनका नेता एवम् कार्यकर्ताहरु पनि सहभागी थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

ट्रेन्डिङ

Close
Back to top button
Close