घाटमा मेयरमाथि आक्रमण गर्ने युवा संघका जिल्ला संयोजक निलम्बनमा

वैशाख २३

घाटमा गएका बेला झगडा गरेको भन्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जाजरकोट जिल्ला कमिटी संयोजकलाई निलम्बन गरेको छ।

वैशाख १३ गते भेरी नगरपालिका वडा नम्बर १० फेरा घाटमा कर्णाली प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य मधु चन्दको निधनपछि घाटमा गएका बेला जाजरकोटका पार्टी प्रमुखसमेत रहेका मेयर चन्द्रप्रकाश घर्तीमाथि आक्रमण गरी सक्त घाइते बनाएको भन्दै संयोजक दीपेन्द्र शाहीलाई निलम्बन गरिएको हो।

युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलले मंगलबार पठाएको पत्रमा आजदेखि लागू हुने गरी संगठनबाट निलम्बन गरेको उल्लेख छ।

‘केन्द्रले बनाएको द्धानविन कमिटीलाई अनुसन्धानमा सहयोग गर्नु हुन निर्देशन गरिन्छ,’ उनीहरूले भनेका छन्। शाही नेतृत्वको समूहले नेता घर्तिमाथि आक्रमण गरी घाइते बनाएको नेकपा जाजरकोट र नेकपा कर्णाली प्रदेश कमिटीले यसअघि नै विज्ञप्ति निकालेका थिए।

ती विज्ञप्ति र संघको वैशाख १६ को केन्द्रीय कमिटी सदस्यको सिफारिसलाई आधार मानेर बाहीलाई निलम्बन गरेको दीपशिखा र पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

गाउँमा योजना दिँदा भेरी नगरपालिकाका मेयर घर्तीले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै शाहीले घाटमै मुक्का प्रहार गरेका थिए।सेतोपाटी

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close