
बीरगंज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको प्रतिनिधिसभा
क्षेत्र नं १ देखि ४ सम्म को निर्वाचनको जिम्मेवारी केन्द्रीय सदस्य अंगद ठाकुर लाइ दिइएकोछ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई विजय गराउन पार्टी का केन्द्रिय सदस्य अंगद ठाकुर लाइ जिम्मेवारी थपिएको छ।
जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ देखि ४ सम्ममा जिम्मेवारी दिइएको व्यहोरा पार्टी का केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
निर्वाचन सम्पन्न नभए सम्म जिल्ला अध्यक्ष, सम्वन्धित क्षेत्र / प्रदेश अध्यक्ष तथा सम्बन्धित उम्मेदवारहरुसँग समन्वय गरी
तपसिलमा उल्लेखित निर्वाचन केन्द्रीत कार्यक्रम सम्पन्न गरी गराई पार्टीका प्रत्यक्ष उम्मेदवारलाई र समानुपातिक उम्मेदवारहरुलाई विजय गराउन केन्द्रीय सदस्य अंगद ठाकुर को महत्वपूर्ण भूमिका रहने विश्वास पार्टी ले लिईएको छ ।
पर्सा जिल्लामा सक्रिय रही निर्वाचन सम्पन्न गर्नु गराउन तपसिल अनुसारको जस्तै:-तपसिल :
१) महिला, युवा, विद्यार्थी, उत्पीडित लगायत सम्पूर्ण जनवर्गिय संगठनहरु गठन गर्ने गराउने ।
२) वुथ समितिहरु गठन गर्ने गराउने ।
३) सम्वन्धीत क्षेत्रमा आमसभा, कोणसभा, घरदैलो लगायतका चुनाव लक्षित कार्यक्रमहरु संचालन
गर्ने/गराउने ।
४) निर्वाचन परिचालन समिति र केन्द्रले दिएको अन्य जिम्मेवारी वहन गर्ने ।
इकाईलाई समेत परिचालन गराउनु हुन पार्टी का केन्द्रि youय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन द्वारा हस्ताक्षरित पत्रमा अनुरोध गरिएको छ ।




