कारवाही गर्ने अधिकार नै नभएकाले महानगर अध्यक्षलाई पदबाट नै निश्काशित गरे ।

वीरगंज, पर्सा

नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कार्यालय तोडफोड गरि नेतृत्वलाई गालि गलौज गरेको, कथित अनुशासनहिन गुण्डागर्दी र अराजक गतिविधि गराएको झूठो आरोपको होहला गर्दै नेकपा माओवादी केन्द्र का वीरगंज महानगरपालिका का अध्यक्ष रहबर अंसारी लगायत अनिरूद्ध यादव र जुमादिन अंसारी
समेतलाई कार्वाही सहित पार्टीको साधारण सदस्य सम्म नरहने गरी निस्कासन गरेको भ्रम फैलाउने नेकपा माओवादी केन्द्र का पर्सा जिल्ला ईन्चार्ज विजय महतो र संयोजक रामदरस कुशवाहाको हस्ताक्षरमा जिल्ला पार्टी कार्यालयको लेटर प्याड सहित दुरूपयोग गरी निकालिएको विज्ञप्ती प्रति नेकपा माओवादी केन्द्र का वीरगंज महानगर अध्यक्ष रहबर अंसारी को गम्भरी ध्यानकर्षण भएको छ ।

झुठा र कपोकल्पित भ्रामक आरोप सहितको विज्ञप्ती आफैमा पूर्वाग्राही छ । यस्तो खाले गतिविधि आफैमा सांगठनिक अराजकताको प्रमाण पनि हो । महानगर पार्टी अध्यक्ष र पदाधिकारीहरूलाई आवश्यकता पर्दा कार्वाही गर्ने अधिकार पार्टीको प्रदेश समितिको सिफारिसमा केन्द्रिय समितिलाई मात्र छ तसर्थ यस्तो खालको गैरराजनीतिक हर्कतबाट बिचलित नहुन सिंगो महानगर समिति, पार्टीका सदस्यहरू, समर्थक र शुभचिन्तकमा नेकपा माओवादी केन्द्र का वीरगंज महानगर अध्यक्ष रहबर अंसारीले प्रेस विज्ञप्ति मार्फत आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close