
पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा पर्ने बीरगंज महानगरपालिका वडा नं १५मा लगायत विभिन्न वडामा सोमबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (ख) का प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी ले बीरगंज महानगरपालिका वडा नं १५ का विभिन्न टोलमा घरदैलो गरेका हुन् ।
चुनावी घरदैलोका क्रममा पुगेका विभिन्न टोलमा पुगेका उम्मेदवारलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका पनि थिए ।
साथै स्थानीय मतदाताहरुलाई उम्मेदवारहरुले निर्वाचनमा जितेपछि मतदाताहरु समंक्ष वाचा गरेका काम नगरेर मात्र ढिलाई गरेका हुनाले म निर्वाचित भए त्यसतो किसिमको आस्वासन नदिइ काम गरेर देखाउने बताए
म चुनाव जितेर हराउने नेता नभइ क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनसेवक भएकोले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे ।
आफ्नो प्रतिक्रिया दिनुहोस




