मुख्यमन्त्रीलाई हराउन सत्ता गठबन्धनले मलाई पर्सा १ (ख)मा टिकट दिएको हो –उम्मेदवार कुर्मी

मधेस प्रदेशका मुख्यमन्त्री एवं जसपा नेता लालबाबूराउत गद्दीलाई पराजित गर्न आफू सक्षम रहेको नेपाली काङ्ग्रेसका नेता रामनारायण कुर्मीले बताएका छन् ।

नेका, पर्साका उपसभापतिसमेत रहेका कुर्मीले पर्सा निर्वाचन क्षेत्र नं १ (ख) मुख्यमन्त्री गद्दीको पनि निर्वाचन क्षेत्र भएको भन्दै उनले सत्ता गठबन्धनको लडाइँ भ्रष्टाचारविरुद्धको भएको भन्दै पर्सा १ (क)बाट नाम सिफारिश भए तापनि आफूलाई पार्टी र गठबन्धनको निर्णय अनुसार (ख)बाट चुनावी मैदानमा पठाइएको उनले बताए ।

 “मुख्यमन्त्री र मधेस प्रदेश सरकार पूरै भ्रष्टाचारमा लिप्त भएको छ, मुख्यमन्त्रीले आफ्नो क्षेत्रमा पनि निकै योजनामा भ्रष्टाचार गरेको जनताले थाहा पाइसकेको छ,” उनले भने, “त्यसैले उनलाई पछार्नको लागि नै आफू चुनावी मैदानमा आएको हुँ, प्रतिस्पर्धा रोचक हुनेछ ।”

मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको नाममा साइकल खरीदमा करोडौं रकमको घोटाला गरेपछि अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरिसकेको अवस्थामा उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बेला पुनः चुनाव लडेको देख्दा आफू र जनताले हास्यास्पद ठानेकोसमेत व्यङ्ग्य कसे ।

“सरकारी निकायबाट नै भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा परेपछि अनुसन्धानको लागि राजीनामा गरिनुपर्छ, तर उनी चुनावमा आएका छन्, उनी नैतिकता नभएका जनप्रतिनिधि हुन्,” उनले भने, “उनको हबिगत के होला भन्ने विषयमा जनताले फैसला गर्नेछ । eprateek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close