
नेपाली कांग्रेसका सचिव एवम बिरगंज महानगरपालिकाका उप-मेयरले आफ्नो कार्यकक्षमा सम्मान गरेका छन । विद्यार्थी काल देखि नै नेपाली कांग्रेसमा लागेका युवा नेता रोशन सिहं विद्यार्थीहरु बिच लोकप्रिय नेताको रुपमा चिनिने गरेका छन । नेपाल विद्यार्थी संघमा आवद्ध भइ उनले ठाकुर राम कलेजका स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षका प्रत्यासी समेत रहेका थिए।
सो सम्मान कार्यक्रममा सम्मान गर्दै उप मेयर आलमले अहिलेका युवा नेपाली कांग्रेसको मजबुत बिम्ब भएको बताए। नेपाली कांग्रेसलाई चुनावमा जित दिलाउन युवाहरुको प्रमुख भुमिका हुने गरेकोले आफू युवाहरु को मनोबल सदेव बढाउने काम गरेको बताए । राजनीतिमा जो सुकै समस्या आए आफू सबभन्दा अगाडि उभिएर काम गर्ने बताए । उनले कुनै पनि समस्या परे आफुलाइ बताउन आग्रह समेत गरे ।त्यस्तै उनले बिरगंजको विकासको लागि भन्दै सबैको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने बताए । त्यस्तै उप-मेयर पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाए ।
आज भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेसका नेता रबिन्द्र ठाकुर,हरिन्द्र यादव,युवा नेता धर्मराज यादव , रविनन्दन सिंह,पत्रकार राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।




