
राहुल गुप्ता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता भोलि आफ्नो गृह जिल्ला पर्सा आउने भएपछी कुनै पनि कार्यकर्ता लाई आफ्नो स्वागतका लागि सिमरा विमानस्थल नाआइदिन आग्रह गरेका छ ।
नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएपछि पहिलो चोटि गृह जिल्ला आउन थाले पछि उनले आफ्नो फेसबुक आइडी मार्फत सम्पुर्ण कार्यकर्ता शुभ जिन्तक लाई सिमरा विमानस्थलमा नाइदिन आग्रह गरेका छन कुनै पनि कार्यकर्तालाई नआइदिन आग्रह गरेका छन्।
त्यस्तै उनले आफूलाई भेट्न नेकपा एमाले पर्साको पार्टी कार्यालयमा आउन आग्रह गरेका छन्। आफूलाई भेट्दाखेरि कुनै किसिमको फुल खादा नल्याइदिन भनेका छन्। उनले आफू जुन दिन देशको लागि राम्रो काम गरेको छु भनेर लागेपछि मात्र फुलमाला खादा स्वीकार गर्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस




