स्वतन्त्र उम्मेदवारहरूको पहिचान राष्ट्रिय झन्डा

स्थानीय चुनावताका काठमाडौं महानगरपालिकामा नगरप्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाह र धरान उपमहानगरपालिकामा प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले राष्ट्रिय झन्डा ओढेर उम्मेदवारी दर्ता गराएको तथा मत मागेको सिको अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले गरेका छन् ।

पर्सा जिल्लाको क्षेत्र नं १ र २ को निर्वाचन स्थल वीरगंज तथा क्षेत्र नं ३ को पोखरिया र क्ष्Fेत्र नं ४ को लङ्गडी निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने स्वतन्त्र उम्मेदवारहरूमध्ये अधिकांशले राष्ट्रिय झन्डा ओढेर उम्मेदवारी दर्ता गराएका थिए ।

वीरगंजमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार द्विवेदीबाहेक पर्सा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्यका उम्मेदवारहरू करीमा बेगम, मुकेश द्विवेदी, जन्नत अन्सारी, रूपेशमान सिंह, सुधीर पटेल, नीरराज गिरीलगायतका उम्मेदवारहरूले राष्ट्रिय झन्डा ओढेर उम्मेदवारी दर्ता गराएका थिए । उनीहरू ¥यालीमा पनि झन्डा लगाएर सहभागी भएका थिए ।

स्वतन्त्र उम्मेदवारमध्येका पर्सा क्षेत्र नं २ (ख)बाट प्रदेशसभाका उम्मेदवार मुकेश द्विवेदीले स्थानीय निर्वाचनपछि यो लहर आएको बताए । उनले कसैको सिको नभएर राष्ट्रप्रति सम्मान दर्शाउँदै राष्ट्रिय झन्डा ओढेको बताए । दलगतरूपमा आबद्ध हुँदा र दलबाट बाहिरिएपछि स्वतन्त्रको पहिचानको रूपमा राष्ट्रिय झन्डाले प्राथमिकता पाएको र यो सुखद अनुभव भएको बताए । उनले स्वतन्त्र उम्मेदवारहरूले देशव्यापीरूपमा राष्ट्रको झन्डा बोकेको यो कसैको सिको नभएको बताए ।

अर्का स्वतन्त्र उम्मेदवार पर्सा क्षेत्र नं ३ (क)बाट प्रदेशसभाका उम्मेदवार नीरराज गिरीले स्वतन्त्र उम्मेदवारको पहिचानको रूपमा राष्ट्रिय झन्डा ओढेको बताए । उनले दलगतरूपमा पार्टीको झन्डा बोकेर हिंड्ने गरेको तर अहिले स्वतन्त्र भएपछि झन्डाविहीन भएकोले राष्ट्रिय झन्डा ओढेर स्वतन्त्रको पहिचान बनाउनुको साथै आफूमा राष्ट्रप्रति गौरव बढेको बताए । eprateek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close