
राहुल गुप्ता
आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसको विधानअनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई रहेकोले उनले विभाग अनुसार नेपाली कांग्रेसका नेता लाई जिम्मेवारी दिएका छ ।
आज दिइएको जिम्मेवारी अनुसार पर्सा जिल्लाबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सविधानसभा सभा सदस्य अनिल कुमार रुङ्टाले उर्जा तथा जलस्रोत विभागको जिम्मेवारी पाएका छन ।
पार्टी सभापति देउवाले आज पार्टीका दुवै समुहबाट प्रतिनिधित्व हुनेगरि विभाग प्रमुख तोक्नुभएको हो । कांग्रेसका ७० विभाग रहेकोमा १७ विभागका प्रमुख भने यसअघि नै तोकिसकिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




