वीरगञ्जका मेयर सरावगीले पावरको दम्बदेखाउदै गरे विचरोडमै गाडी पाकिङ्ग , फेलिहरमेयर –राप्रपा वी.म.नगरकार्य समिती अध्यक्ष जलेश्वर सरार्फ

वीरगञ्ज १९ भदौ । वीरगञ्ज महानगर पालिका व्यवस्थित अभियानलाई महानगरका मेयर विजय सरावगी द्धारा उलंघन गरेको भन्दै राप्रपा वीरगञ्ज महानगर कार्यसमिती अध्यक्ष जलेश्वर सरार्फले समाजिक संजाल मार्फत खुलेर विरोध गरेका छन ।

वीरगञ्ज महानगरका मेयर सरावगी आफुले सरकारी गाडी चडेको र आफु मेयर भएको दम्बदेखाउदै विचरोमै गाडी पाकिङ्ग गरेको भन्दै नेता सरार्फले आरोचना गरेका छन । व्यवस्थित वीरगञ्जको नारा दिएर मेयर सरावगीले आफैले नियम विपरीत गाडीको पाकिङ्ग गरेको र जिल्ला ट्राफिक कार्यलय पर्सा द्धारा खटीएका ट्राफिकहरुले ठुलाबडा, पहुचवालालाई छुटदिने र आमनागरीकलाई सास्ती दिदै विभेद गरेको उनको भनाईरहेको छ ।

नेता सरार्फले वीरगञ्ज महानगरका मेयरलाई फेलियर मेयरको नामले सम्बोधन गरेका छन । मेयर सरावगीको ४ चार वर्षको कार्यकालमा नगरवासिले दुख, सास्तीको अनुभवबाहेक राहत र सुखको स्वास सम्म फेर्न नपाएको उनले गुणासो गरेका छन ।

विगतमा वीरगञ्जका नगरवासिले मेयर सरावगी व्यपारी रहेकोले धनसम्पतीले परिपुर्णरहेका मेयर जितायोभने उनका निजीस्वर्थले रोकदैन केकोलागी भ्रष्टचार गर्छन भन्ने सोच राखदै नगरवासिले भोटदिएका थिए तर मेयर सरावगीले महानगरलाई भ्रष्टचार र कमिशनको अखाडानै बनार विकाशको मुद्दामा एउटा सिन्को समेत भाचन नसकोले आउने चुनावमा सहि मुल्यांकन गर्ने राप्रपा वी.म.नगरकार्य समिती अध्यक्ष जलेश्वर सरार्फले प्रहार डेलीलाई बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close