
जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज लगायत नेताहरु जसपामा प्रवेश गरेका छन।आज पर्सा जिल्लाका जनमत पार्टी परित्याग गरि पार्टीका प्रमुख नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन।जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवले टीका एवम् फुलको माला लगाई स्वागत गरेका थिए।
जसपाको विचार र उद्देश्यलाई आत्मसात् गर्दै आज एक अनौपचारिक कार्यक्रमका बिच जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज श्री मुकेश द्विवेदी लाई एवं जिल्ला सचिव श्री शशी पाण्डे लाई वीरगञ्ज महानगर कमिटीका सचिव श्री पवन साह कानु,जिल्ला सदस्य श्री शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक श्री राजु तिवारी, र वीरगञ्ज महानगरपालिका – १ का एकाइ सभापति श्री चन्दन साह कानुले आज जसपामा प्रवेश गर्नुभएको थियोे।
खानेपानी मन्त्री माननीय प्रदिप यादवका अनुसार उहाँहरूको प्रवेशले हाम्रो पार्टीको सङ्गठन थप सुदृढ र प्रभावकारी हुने छ ।अबको यात्रामा तपाईँहरूको अनुभव र ऊर्जा पार्टीको सिद्धान्तलाई जनतासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।सो कार्यक्रममा बिरगंज महानगरका नगर प्रमुख राजेशमान सिंह एवम् जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।




