गृहमन्त्रीको दौडमा सपना लामिछाने: ५ बुँदे प्रतिबद्धता सहित अपराध र भ्रष्टाचार विरुद्ध कडा मोर्चा

गृहमन्त्रीको दौडमा सपना लामिछाने: ५ बुँदे प्रतिबद्धता सहित अपराध र भ्रष्टाचार विरुद्ध कडा मोर्चा

लामो समय देखि चलचित्र र म्युजिक भिडियोको क्षेत्रबाट उदाएकी अभिनेत्री तथा युवा व्यवसायी सपना लामिछानेले गृहमन्त्री बन्ने आकांक्षा सार्वजनिक गर्दै पाँच बुँदे ठोस कार्ययोजना सार्वजनिक गरेकी छिन्। अन्तरिम सरकार गठनको तयारी चलिरहेका बेला लामिछानेले ‘कानून, पारदर्शिता र जनविश्वास’ लाई आधार मानेर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आफू सक्षम रहेको दाबी गरेकी हुन्।

उनको दाबीमा देशमा बढ्दो अपराध, भ्रष्टाचार, सामाजिक असुरक्षा र युवामा फैलिँदो निराशाको अन्त्य गर्न दृढ र निडर नेतृत्वको आवश्यकता रहेको उल्लेख छ।

लामिछानेको ५ बुँदे प्रमुख एजेन्डा:

१. शान्ति र राष्ट्रिय एकताको पुनःस्थापना
२. सुरक्षा प्रणालीमा संरचनात्मक सुधार र आधुनिकीकरण
३. प्रशासनिक पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता
४. गम्भीर अपराध नियन्त्रण तथा कडा कानुनी कारबाही

५. स्वतन्त्र छानबिन आयोगको गठन सम्पत्तिको विस्तृत परीक्षण

सपनाले २०४७ सालयता सार्वजनिक पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गरिने र गैरकानुनी आर्जन प्रमाणित भएमा कानुनी कारबाही अगाडि बढाइने स्पष्ट संकेत दिएकी छिन्।

“मैले दाबी पेश गरिसकेको छु, उहाँहरूले स्वीकार गरिसक्नुभयो,” उनले भनिन्।

लामिछानेले बलात्कार, हत्या, कालोबजारी, भ्रष्टाचार, गुन्डागर्दी, चोरीजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई शून्य सहिष्णुता (Zero Tolerance) नीतिअन्तर्गत कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएकी छन्।

साथै, उनले युवा वर्गलाई निराशा र अपराधिक प्रवृत्तिबाट जोगाउँदै राष्ट्र निर्माणमा सक्रिय बनाउने विशेष कार्यक्रम ल्याउने घोषणा गरेकी छन्।

राजनीतिक वृत्तमा नयाँ नाम भए पनि लामिछानेको प्रस्तुति र योजनाले आम जनमानसमा चासो र समर्थन बटुल्न थालेको देखिन्छ। उनी आफूलाई ‘क्रान्तिकारी तर व्यवहारिक योजनासहितको कार्यकारी उम्मेदवार’ को रूपमा प्रस्तुत गर्न चाहन्छिन्।

यदि कार्यान्वयनमा ल्याउन सकिने हो भने, लामिछानेको एजेन्डाले नेपाली राजनीतिमा पारदर्शिता, जवाफदेहिता र कानूनको शासन बलियो बनाउने सम्भावना देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close