अर्थमन्त्री डा. युवराज खतिवडालाई बिरगंजका युवाहरुले आफ्नो कपडा खोलेर बिरोध जनाए ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई बिरगंजका युवाहरुले आफ्नो कपडा खोलेर बिरोध जनाए

बिरगंज , जेष्ठ २१ गते बुधबार ।

बिश्व कोरोना भाईरस कोभिड-१९ को महामारीको बेला नेपाल सरकार ले नै जारी गरेको लकडाउन २ महिना भैइ सक्यो ।व्यापार व्यवसाय बन्द , यातायात बन्द , कलकारखाना बन्द , उद्योगको लागी आवस्यक कच्चापदार्थ आयातमा रोक , दैनिक ज्यालादारी गर्नेहरु भोक भोकै मर्ने अवस्थामा छन ।

सरकारले जनतालाई खाद्यान्न सामाग्री , स्वास्थ्य उपचार निसुल्क र सुरक्षित बस्ने र आवस्यक सामाग्रीको घर घरै व्यवस्था गर्नु पर्ने दायित्वबाट पन्छ्ने र अहिले आएर सरकारले जेष्ठ २५ जते सम्म सम्पुर्ण कर तिरिसक्नु पर्ने नत्र व्याज र जरिवाना लाग्ने घोषणा गरे पछी बिरगंजका सम्पुर्ण जनताहरुले हामी सँग खाने सम्म पैसा नहुँदा बरु हामी सँग रहेको हाम्रो बस्त्र पनि तपाईंलाई दिदै छु भन्दै नेकपा का नगर कमिटी अध्यक्ष समेत रहेका रहबर अन्सारी सहित बिरगंज का युवा हरुले आफ्नो बस्त्र फुकालेर अर्थ मन्त्री लाई दिदै बिरोध प्रदर्शन गरेका थिए ।

बिरगंजको घन्टाघरमा बुधबार बिरगंजका युवाहरुले सम्पुर्ण कर मिन्हा गर , अर्थमन्त्री मुर्दावाद , बैंकको व्याज मिन्हा गर , व्यापारी मार्न पाईदैन , डुबन्ते अर्थमन्त्री चाहिदैन , अर्थमन्त्रीको बुद्धि स्विच अफ गरिएको छ लेखिएको प्ले कार्ड बोकेर पानीको पर्वाह नगरी सबै एक जुट भैइ बिरोध गरेका थिए ।सो कार्यक्रममा युवा नेता अखलेस साह लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close