पर्सा क्षेत्र नं १(ख) का उम्मेदवार कुर्मीको घर दैलो निरन्तर जारी युवा देखी बृद्ध सम्म को समर्थन

बीरगंज, पर्सा

निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को घर दैलो निरन्तर जारी युवा देखी बृद्ध सम्म को समर्थन रहेको छ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीकाे घर दैलो निरन्तर जारी मतदाताहरु जित को बधाई दिदै (गाछी) छाप मा मतदान गर्न आतुर रहेको छ ।

चुनावी घरदैलाेका क्रममा शुक्रबार बिहान पुगेका कुर्मी लाइ बीरगंज महानगरपालिका वडा नं १५ (लक्षुमनवा) का‌ युवा बृद बृद्धा ले जितको बधाई दिदै नेपाली कांग्रेस को चुनाव चिन्ह (गाछी) छापमा मतदान गर्न आतुर रहेका छन्।

घरघरबाट स्वस्फूर्त रुपमा निस्किएर गृहिणी महिला, बृद्धबृद्धा र युवाहरुले कुर्मी लाइ स्वागत गर्दै यसपालि अत्याधिक मत दिएर काँग्रेस नेतृत्वको गठबन्धनलाई जितको बधाइ पनि दिए।

त्यस क्रममा नेपाली काँग्रेस का पर्सा जिल्ला‌ उप सभापति समेत रहेका कुर्मीले जनताकाे अपार माया , समर्थन र भराेसाले आफुलाई थप जिम्मेवार बनाएकाे भन्दै जनताकाे याे भराेसालाई आफुले कदापि टुट्न नदिने वाचा गरे । मतदाताहरुसंग उनले भने, तपाईहरुकाे याे आत्मियताले म आजन्म ऋणी भएकाे छु , यसलाई म बाँचुन्जेल चुकाउने काेशिश गरिरहने छु ।

मतदातासंगको भेटघाटका क्रममा नेपाली काँग्रेस उम्मेदवार कुर्मीले जनताले देखेको सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सहि मुल्यांकन गरेर मत दिन आग्रह गरे ।यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै कुर्मीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।कुर्मीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।

वडाबासीले पनि कुर्मी जस्तै जनप्रिय नेताले जित्नुपर्ने आवश्यकता साथ कुर्मीलाई नै मतदान गर्ने प्रतिक्रिया दिएका थिए । कुर्मीसँगै घरदैलोमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता तथा बीरगंज महानगरपालिका वडा नं १५ लक्षुमनवा का वडा बासी, नेपाली कांग्रेस का भातृ संगठन जस्तै नेबिसंघ,महिला संगठन का कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close