निति तथा कार्यक्रम बारे बोल्दै माननिय ओमप्रकाश शर्मा।भिडियो सहित

प्रदेश न.२ को प्रदेश सभामा बोल्नु हुदै नेपाली काङ्ग्रेसका प्रदेश सभाषद माननीय ओमप्रकाश शर्माले प्रदेश बाहीरबाट हेर्दा चिटिक्क परेको जस्तो देखिएको तर भित्र धमिराले खाईसकेको बताए।

प्रदेश नम्बर २ कर्णाली प्रदेश भन्दा कम आम्दानी र पछाडी रहेको आरोप समेत लगाए।त्यसैगरि प्रदेश सरकारले २ अर्ब निकाल्नु भएको र अब त्यो २ अर्ब खोई भन्ने अवस्था नआयोस भन्ने प्रश्न पनि गरेका थिए ।प्रदेश सरकार सङ्ग पैसाको कमि छैन भन्छ तर ४५ दिन सम्म PCR मेसिन सन्चालन छैन ।प्रदेश सरकार २५ लाख दिएर आफ्नो जिम्मेवारिबाट पन्छिन खोजेको बताए।

यसमा प्रतीपक्षको पनि गल्ति छ , कमिकमजोरी रहेको छ।भर्खर जन्मेको प्रदेश सरकार यसलाई सबै मिलि हुर्काउनु पर्ने जिम्मेवारीका साथ अगाडी बढन थालिएको बेला सरकारका मुख्यमन्ती , मन्त्रीहरुलाई महगो महगो गाडी चाहिन्छ , क्वाटर चाहिन्छ , मन्त्रीको नाममा काम हुनु पर्यो रे ।सान्सद शर्माले सन्सद बिकाश कोष हामिलाई चाहिदैन , हामिलाई एकपैसा चाहिदैन ।सन्सदमा ३ दलको हाउस छ ।प्रत्येक दलबाट ५ -५ जना गरि पच्चीस जना हुन्छ त्यसबाट ३३ अर्ब हुन्छ अनि सबै ठिक हुन्छ ।त्यसै गरि १० करोडमा पुरै कोरोनाको काम हुने समेत बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close