‘संसदवादीहरुले प्रयोग गर्ने महंगो निर्वाचन प्रणाली जनन्यायीक व्यवस्था विरुद्धको अस्त्र हो’– सचिव उपाध्याय

अन्तिम जित अन्यायको बिरुद्ध लड्ने जनताको हुन्छ
गोविन्दराज नाथ

रुपन्देही । नेकपा (माओवादी केन्द्र) सचिव समेत रहेका रुपन्देहीबाट पुर्व संसाद विनोद उपाध्यायले संसदवादीहरुले प्रयोग गर्ने महंगो निर्वाचन प्रणालीलाई जनन्यायीक व्यवस्था विरुद्धको अस्त्रका रुपमा चित्रण गरेका छन ।

माओवादी केन्द्रका सचिव उपाध्यायले आज वर्तमान अवस्थामा राजनीतिक विभाजन र संसदवादी जनविरोधी चरित्रको बारेमा व्याख्या गर्दै त्यस्तो बताएका हुन । उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै दलाल संसदवादका कारण जनन्यायीक व्यवस्था निर्माण हुन नसकेकोमा जोड दिएका छन ।

उनले भ्रष्टाचारी, दलाली र महंगीको रक्षाकवजका रुपमा दलाल संसदवाद रहेको भन्दै त्यहि प्रणालीबाट हुन निर्वाचबाट वास्तवमा देश र जनताको पक्षमा रहेका इमान्दारहरु जहिले पनि पछिपर्ने भन्दै संसदवाद जनताको मुख्य शत्रु भएको तर्क गरेका छन ।

उनले भनेका छन–‘संसदवादीहरुले गरीब जनतालार्इ निर्वाचनमा भाग लिन पाउने नियम बनाए पनि महंगो निर्वाचन प्रणालीले गरीब जनताले भाग लिने आँटै गर्न सक्दैनन । परिणाम यिनै संसदवादी लुटेराहरुलार्इ मत दिन बाध्य हुन्छन र आफ्नो किस्मतमै छैन भनि बिलौना गर्छन।’

संसदवादीहरुले जनन्यायीक व्यवस्था विरुद्ध सड्यन्त्र गरेपनि अन्तिम जित भने अन्यायका विरुद्ध लड्ने जनताकै हुने उनले ठोकुवा गर्दै भनेका छन–‘गैर संसदवादीहरुले नेता बन्न रहर गरेपनि तिनका पछाडि जनता नभएको जस्तो देखिन्छ तर पनि अन्यायको बिरुद्ध जनताहरु लडिरहेका छन। ढिलो चाँडो सत्यको बिजय निश्चित छ। जुन दिन जनताले यो कुरा बुझ्ने छन त्यहि दिनदेखि यि संसदवादीहरुको उल्टो गिन्ती शुरु हुन्छ।’

उनले वर्तमान अवस्थामा संसदवादी र गैह्र संसदवादी गरी दुई खालको राजनीतिक गतिविधि चलिरहेको भन्दै संसदवादीहरुले जनतामा भ्रम छर्ने राजनीति गरिरहेको तथा गैह्र संसदवादी र सच्चा कम्युनिष्टहरुले देश र जनताको न्याय र मुक्तिको पक्षमा आवाज उठाइरहेको टिप्पणी समेत गरेका छन ।

सुकिला मुकिला बनि राजनीतिमा भित्रिएकाहरुले इमान्दार तथा देशभक्त जनतामाथि भ्रमको राजनीतिक गतिविधि गरिरहेको भएपनि त्यसलाई जनताले नबुझ्दा संसदवाद जिवित रहेको उनको तर्क छ । उनले अबका जनताले संसदवादलाई बुझेर भ्रष्ट तथा फोहरको डंगुरमा मिल्काउने विश्वास समेत उनले गरेका छन ।

भ्रष्ट व्यवस्थामा रमेका नेता र तिनका चम्चा कार्यकर्ताहले अयौं पुस्तालाई पुग्ने सम्पत्ति जम्मा गर्ने र राज्यशक्तिलाई दुष्प्रभाव पार्ने काम गरिरहेको भन्दै उनले चर्को विरोध गरेका छन । उनले लेखेको फेसबुक स्ट्याटसको पूर्णपाठ यस्तो छ…..

नेपालमा वर्तमान अवस्थामा दुइ किसिमको राजनीति भै रहेको छ। पहिलो संसदवादी दोश्रो गैर संसदबादी । पहिलो राजनीति गर्नेहरु हरेक पाँच बर्षमा आफु र आफ्नो पार्टीले मात्रै देश र जनताको हित गर्छ भनेर भाषण गर्छन, र जितेर गएपछि जनतामाथि शासन गर्छन । यहाँ सम्मकि जनता, कार्यकर्ता समेतको फोन उठाउँदैनन। केहि चम्चा कार्यकर्ताको भरणपोषण गर्दै आफ्ना कैयौं पुस्ताको लागी सम्पत्ति जम्मा गर्छन। सुकिला मुकिला बनि नेता कहलाउनमा नै आनन्द मान्छन। यस्ता मानिस जनतालाई भ्रममा पारी शुरुका दिनमा इमान्दार देखिए पनि पछिल्लो समयमा भ्रष्ट फोहरको डंगुर बाहेक अरु हुदैनन । र जनता तिनैमाथि बिस्वास गरेकै कारण दुख पाउँछन्।

दोश्रो किसिमको राजनीति गर्नेहरु अपेक्षाकृत इमान्दार देखिए पनि आमूल परिवर्तनको कष्ट साध्य बाटोमा हिन्दै जाँदा आफुभित्र रहेका निम्न पुजीवादको बिरुद्ध संघर्षमा धुर्मुराई रहेका छन। सरकारले यिनहरुलाई नजिकबाट नियाली रहेको छ । जो अलि शसक्त रुपमा देखा पर्छन यिनलाइ प्रतिबन्धित गरी बाँकीलाई केही छुटदिए झैं गरि बिस्तारै आफु जस्तै बनाउन कसरत गरिरहेको छ।

संसदवादीहरुले गरीब जनतालार्इ निर्वाचनमा भाग लिन पाउने नियम बनाए पनि महंगो निर्वाचन प्रणालीले गरीब जनताले भाग लिने आँटै गर्न सक्दैनन । परिणाम यिनै संसदवादी लुटेराहरुलार्इ मत दिन बाध्य हुन्छन र आफ्नो किस्मतमै छैन भनि बिलौना गर्छन। अर्कातिर गैर संसदवादीहरुले नेता बन्न रहर गरेपनि तिनका पछाडि जनता नभएको जस्तो देखिन्छ तर पनि अन्यायको बिरुद्ध जनताहरु लडिरहेका छन। ढिलो चाँडो सत्यको बिजय निश्चित छ। जुन दिन जनताले यो कुरा बुझ्ने छन त्यहि दिनदेखि यी संसदवादीहरुको उल्टो गिन्ती शुरु हुन्छ।

बिनोद कुमार उपाध्याय
सचिवः नेकपा (माओबादी केन्द्र)

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close