
काठमाडौं, १९ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिए देशनै डुब्ने बताएका छन्। उनले अहिले आफूले राजीनामा नदिने बताए।
बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।प्रधानमन्त्री ओलीले भने, ‛बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर। अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसैले मैले राजीनामा दिन्न ।” उनले बाहिर के तयारी भइरहेको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए।
“बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ। केही पनि हुने वाला छैन। मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो। यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,” उनले भनेका छन्, “तपाइँहरु ढुक्क भएर काममा लाग्नुस्। धेरैपल्ट भित्रबाहिर प्रयास भए। जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ। त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं।”lokpati.com




