
(प्रसौनी,बारा) । नेपाल कम्युनिस्ट पार्टी प्रसौनीका युवाका नेता क.अरबिन्द कुमारले संसद विघटनको सिफारिस संविधान विपरीत भएको र यो कुनैपनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले ४७ को संबिधानको जस्तो गरेर संसद विघटन सिफारिस गर्नु भएको छ, उहाँ लाई थाहा भएनकी अथवा बिर्सनु भयो यो, यो सुधारीएको बहुदलीय ब्यवस्था हो यसमा प्रष्ट उल्लेख गरीएको छ प्रधानमन्त्री लाई संसद विघटनको बिषेश अधिकार दिएको छैन ।
युवा नेताले ने.क.पा.को आन्तरीक बिवादले आफ्ना नेता तर्साउन खोज्नु भएको हो वा नेपाली जनताको तरंग हेर्न खोज्नु भएको, जे भएपनि उहाँको यो कदम निन्दनीय रहेको बताउनु भएको छ ।
युवा नेता कुमारले जनताको बलीदान बाट आएको यो संबिधानको रक्षक राष्ट्रपति पनि हो यसको रक्षा उहाँ बाट हुनु पर्छ भन्ने तर्क गर्नु भएको छ । कुमारले थप्दै राष्ट्रपती चुनीदा कुनै दलबाट आएको भए पनी देशमा संकट परेको बेला निकास दिन सक्ने हुनु पर्छ ।
जनताले दिएको बलीदानको सम्मान गर्न राजनैतिक दलले अग्रसर हुनु पर्छ । “कु” गर्न जस्तो खोजिएको यो कदम बाट त्तकाल फिर्ताहुन अरबिन्द कुमारले सुझाव दिएका छन् ।




