लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालपर्साको महिला अगुवा भेला वीरगञ्जमा सम्पन्न

वीरगञ्ज ०५ फाल्गुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालपर्साको महिला अगुवा भेला वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्जको रामगढवास्थित पार्टी कार्यालयमा महिला नगर अध्यक्ष अञ्जना गुप्ताको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्ने वक्ताहरुले लोसपा नै महिलाको हक अधिकारलाई समेट्ने पार्टी भएको बताएका थिए । महिलालाई समावेशी बनाएर हरेक क्षेत्रमा समेट्ने पार्टी पनि लोसपा रहेको वक्ताहरुको भनाई थियो । भेलालाई लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा, अधिवक्ता सुरेन्द्र कुर्मी, शशीकपुर मियाँ, वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफ, केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव लगायतले सम्बोधन गरेका थिए ।

आगामी निर्वाचनलाई केन्द्रित गरेर महिलाहरुलाई पनि अधिकार सम्पन्न बनाउने र महिला उम्मेदवार बनाएर महिलाहरुको नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने विषयमा भेला केन्द्रित भएको लोसपाकी नेतृ एवम् लोसपाबाट वीरगञ्ज महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार रम्भा मिश्राले जानकारी दिइन् ।

मिश्राकाअनुसार भेलामा नेतृ उषा श्रीवास्तव, नगर सचीव संजय पटेल, सदस्यहरु शोभा गुप्ता, सबिता शर्मा, अनिता सिँह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण महिला नेत्री मिश्राले गरेका थिईन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close