नेताहरुले बिरगंजको घन्टाघरमा मैनबत्ति बालेर दिपावली र खुशियाली मनाए ।(भिडियो सहित )

सर्बोच्च अदालतको निर्णयको स्वागत गर्दै पर्साका नेकपाका नेताहरुले बिरगंजको घन्टाघरमा मैनबत्ति बालेर दिपावली र खुशियाली मनाए ।

बिरगंज , फागुन २३ गते आइतबार ।

नेकपा एमालेलाई सर्वोच्च अदालतले ब्युँताएको खुशियालीमा पर्साका नेताहरुले दिपावली गर्नुको साथै घन्टाघरमा शुभकामना समारोहको आयोजना गरेका थिए । आइतबार बेलुका आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले मैनवत्ति बालेर खुशियाली साटा साट गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिए पनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । अदालतले कट्टेललाई नै नेकपामा दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । अव पुर्ववर्ती एमाले र माओबादी केन्द्र अलग अलग अस्तित्वमा रहेपछि मुलुकको राजनीति कता जाने हो यकिन गर्नै कठिन भएको हाे ।

आयोजित शुभकामना समारोहमा संबिधान सभाका सदस्य तथा नेकपाका नेता राजकुमार गुप्ताले देशभरिका एमाले जनमा अदालतको फैसला पछि खुशियालीको रक्तसंचार भएको धारणा राख्नुहुँदै फैसला गर्ने न्याय मुर्ति प्रति आभार प्रकट गर्नुभयो । बहुमतको सरकारलाई हटाउने खोज्नेहरुको हबिगत अव के हुने हो यसै भन्न सकिने अवस्था नरहेको जिकिर समेत उहाँले गर्नुभयो ।

 

कार्यक्रममा नेकपा नेतृ निर्मला देबकोटा, संबिधानसभाका सदस्य प्रद्युम्न चौहान, नेताहरु बिना शर्मा, तेजप्रकाश निषाद, केसि लामिछाने , श्याम बन्जरा , अनुप तिवारी , अकलेस साह, हनिफ अन्सारी, सञ्जिब मिश्र, महमद आलम, लक्षमण चौरसिया, केदार तिवारी, इमरान हुसेन, बिन्ध्याञ्चल ठाकुर र रबी गुप्ता लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close