कांग्रेस प्रभावशाली नेता महादेव गुरुङ पार्टीको चुनावमा होमिंदै

नेपाली कांग्रेसका प्रभावशाली नेता महादेव गुरुङले पार्टीको केन्द्रीय सदस्य पदमा लड्ने भएका छन् । पार्टीको आशन्न १४औं महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन् ।

यसका लागि उनी विभिन्न योजनाका साथ अघि बढ्न लागेका छन् । चुनावमा खटिनकै लागि आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै पिसिआर परीक्षण समेत गराएका थिए । जसमा रिपोर्ट नेगेटिभ आएको छ ।

उनले करिब ४५ वर्ष कांग्रेसको राजनीति गरेका छन् । पार्टी एकढिक्का हुनुपर्छ र पार्टी विधि विधान अनुसारमात्र सञ्चालन हुनुपर्छ भन्दै उनी कुनै पनि नेताको पछि लागेछन् । कुनै पनि गुटमा सामेल भएनन् ।

गुरुङ पार्टीका असल, निष्ठावान र ईमान्दार नेताका रुपमा परिचित छन् । साथै युवा र सबै तहका नेता, कार्यकर्ता माँझ उनी लोकप्रिय पनि छन् । नेता गुरुङ जिविस कास्कीका पूर्व सभापति समेत हुन् ।

उनी केही दिनमै कास्कीका सबै क्षेत्रका नेता कार्यकर्तासंग छलफल गरेर देशव्यापीरुपमा चुनाव प्रचारमा लाग्ने तयारीमा रहेको बताइएको छ । उनले युवालाई एकीकृत बनाउँदै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पनि युवालाई नै पुर्याउने योजना बनाएका छन् ।

उनी पार्टीको १३ औं महाधिवेशनमा जनजाति कोटाकोतर्फबाट केन्द्रीय सदस्य पदमै चुनाव लडेका थिए । गुरुङ २०३९ सालमा नेविसंघको महामन्त्री र २०५८ सालमा नेपाल तरुण दलको अध्यक्ष भएर काम गरेका थिए । उनी २०५६ सांसद र २०५७ सालमा राज्यमन्त्री बनेका थिए ।

कांग्रेस पार्टीलाई अझ सशक्त, सबल, सुदृद्ध र एकतावद्ध बनाउन आफूले सक्दो भूमिका खेल्ने उनको प्रतिवद्धता छ ।

केही पूराना तस्वीरहरु

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close