खुला महिला केन्द्रीय सदस्य : १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । १६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।

संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ९ सय ७०, आरजूले ९ सय १, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८ सय ११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपानेले ७ सय ८६ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले ७ सय ६८ मत पाएका छन् । खुला ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भइरहेको छ । साभार ईमेज खबर बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close