महामारी फैलिएका देशबाट आफ्ना नागरिक तत्काल फिर्ता ल्याउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्चले कोरोनाभाइरसको महामारी फैलिएपछि अन्य मुलुकले आफ्ना नागरिकलाई विदेशबाट फर्काइरहेको र विदेशमा श्रम गर्ने नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न र फिर्ता ल्याउनुपर्ने दबाबसमेत आएको हुनाले उचित व्यवस्थापन गरी फिर्ता ल्याउन आदेश गरेको हो।

“वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई संरक्षण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने देखिन्छ । उनीहरूलाई फिर्ता ल्याउनका लागि आवश्यक प्रशासनीक, आर्थिक र व्यवस्थापकीय पहल गर्नु,” ,’ सर्वोच्चद्वारा जारी अन्तरिम आदेशमा भनिएको छ ।

साथै सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम भेदभावरहित स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न समेत भनेकाे छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close