सुनको मूल्य ओरालो लाग्दा चाँदी चाहिँ उकालो लाग्यो

काठमाडौं-साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको चाहिँ उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले ओरालो लागेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले उकालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close