पानी नपर्दा चापाकल सुकदै तथा किसानलाई खेती समयमा खेती गर्न समस्या

वीरगंज

उपत्यका लगायत प्रायजसो पहाडी जिल्लाहरूमा पानीको समस्या छ भन्ने कुरा हामीले धेरै पहिलेदेखि सुन्दै आएका हौं तर अहिले अत्यधिक गर्मी र पानी नपर्दा तराईका जिल्लाहरू को खेती ,बाली नाली सुकेर किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ।अझ प्रायःजसो शहरी छेत्रमा त चापाकल सुखेर सर्वसाधारण जनतालाई पिउने पानी समेतको समस्या देखिन थालेको छ।

global warming को कारण मौसमको प्रतिकुलताको समस्या त छदैछ।त्यसमा पनि बढ्दो शहरीकरण र कंक्रिटाईजको कारण जमिन मुनि पानी recharge हुन नपाउदा पानीको लेबल गर्मीयाममा तल तल जाँने र हरेक वर्ष पानीको समस्या तराई छेत्रमा पनि देखिन थाल्नु भविष्यको लागि गम्भीर चिन्ताको बिषय देखिएको छ।

यस सम्बन्धमा हामीले आज सोचेनौ भने भोलिको सन्ततिका लागि कष्टकर जीवन हुनेछ।अत: चुरे छेत्रको संरक्षण,व्यापक रूपमा बृछ्यारोपण ,भएका पुराना ताल तलैया नदि नालाको संरक्षण तथा सार्वजनिक प्रति जमिनहरू मा ठाउँ ठाउँमा recharge को लागि पोखरी ताल आदिको निर्माण, कंक्रिट सडक नालाहरु बाट पनि जमिन मुनिको पानी recharge गर्ने व्यवस्था आदि गर्नु नितान्त आवश्यक भएको तर्फ सम्वन्धित सबै सरोकारवाला निकाय एवं सरकार को गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

लेखक नेपाली कांग्रेसका नेता प्रकाश कुमार उपाध्याय।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

ट्रेन्डिङ

Close
Back to top button
Close