कहाँ थियो मानवता

कहाँ थियो मानवता

जति गर्व गरेपनी
गर्भ बाटै गुनासो बोगेर आएका हामी संग
कहाँ थियो मानवता ॥!

एकता भनिरहने अनि एक्लै बाच्न खोज्ने
साझा भन्ने अनि एकलौटी सोच्ने
गजब गजबका गुणहरु छन् है
मान्छे हुनु र मानवता हुनुमा फरक हुन्छ
सायद यो कुरा मान्छेहरुलाई थाहा हुनुपर्ने हो ॥।

जब मान्छेको गल्ती नबुझ्दै मान्छेलाई मुल्यांकन गर्दै गलत गलत भन्ने
अनि त्यही मान्छेले स्पस्टिकरण दिएपछि
सहि सहि भन्ने
कुन चेतना हो यो ! अनि कहाँ थियो मानवता ॥।

घमण्ड नगर्दा हुन्छ !
यहाँ कोहि केही गर्ने आएको होइन
अनि कसैले नभन्दा हुन्छ, मैले यति गरे र उति गरे
ल भन्न यदि घमण्ड छ भन्ने
कुनै एकदिन बिना स्वार्थले तिमिले बाचेको छौँ
सायदै छैनौं त्यसैले छोड
अरुको जिन्दगीलाई प्रश्न गर्न र हैसियत सोध्न ॥

यहाँ शुद्ध त बाबा आमा पनि छैनन्
फेरि तिमिलाई कसले शुद्धीकरण गर्यो
आफुलाई बडो शुद्ध भन्छौं
भगवानलाई चढाउने जलसम्म पनि जुठो हुन्छ
यति बुझ्नु तिम्रो मनको सन्तुष्टिले भगवानलाई शुद्ध बनाएको हो
तिमिले पाप जन्मेदेखी नै गर्दै आएका छौं ॥॥

मान्छे भगवान कसरी बन्यो
अनि भगवान छन् तिमिलाई कसले भन्यो
कसैको परान कसैको लागि महत्त्व नै छैन
फेरि मानवता बढ्दै झन झन् तिमिलाई कसले भन्यो
यहाँ सबै सधै मात्र आफू बाच्न चाहान्छ
कठै, विचरा त देखावटी मात्र हो
भ्रम भित्रको सुन्दर भ्रममा परेर मख्ख नपर्नु ॥

एउटा ब्यक्तिले गर्नुपर्ने कामहरू
धेरै ब्यक्तिहरुले पनि गरेका छैनन्
एउटा ब्यक्तिले सोच्नुपर्ने सोचहरु
धेरै ब्यक्तिहरुले पनि सोचेका छैनन्
तिमी एक भएर पनि बाच्न सक्दैनौं
तिमी एकहरु भएर पनि बाच्न सक्दैनौं
मान्छु तिमिले नॅंया कुरा आविष्कार गरौं
मान्छु तिमिले आफ्नो दुनियाँ आफै बनायौ
मान्छु तिमी चेतनशील प्राणी पनि हौं ।।॥

यो कुरा सत्य हो !
तिमी आफ्नो धर्म बिर्सिन कहिले पछि पर्दैनौ
किनकि तिमिलाई लाग्छ सबै तिमि आफैले बनाएको हो
त्यसैले त तिम्रो विनाश पक्का छ
अनि संसारमा तीन प्रकारका पाप हुन्छन्
मान्छेहरुले तिनै वटा पाप गरिसकेका छन्
जो माफी लायक छैनन्
जसलाई माफी दिन सकिदैन
ये सबको बिचमा कॅंहा थियो मानवता !!!!!

लेखक : सन्जिला विश्वकर्मा ( विपी ) Sanjila Bishwakarma

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close