“चाहाना “

“चाहाना “

खुल्ला अाकाशमा स्वतन्त्र चरिझैँ उड्ने चाहाना नभएको कहाँ हाेर,
तर साथीकै घर जादा बलत्कृत भई हत्या गरिएकि निर्मलाकाे कुराले झस्किन्छु ।

पढेर अात्मनिर्भर भई बा -अामालाई खुशिदिन नचाहेको कहाँ हाेर,
तर कामबाट फर्किदै गर्दा बाटैमा बलत्कृतभई जलाइएकि प्रियङकाकाे कुराले झस्किन्छु ।

महिनावारीहुदा परिपक्क भएको ठानेर खुशिहुन नचाहेको कहाँ
हाेर,
तर अछुतो व्यवहार गर्दै घर देखि टाढा छाउ गाेठमा राख्ने चलन देखि झस्किन्छु ।

अाफुलाई सहझहुने लुगालगाएर खुलस्त हिड्न नचाहेको कहाँ
हाेर,
तर गिद्दे नजरलगाइ लुगाकै निहुमा बलत्कृतभई हत्या गरिएको घटनाले झस्किन्छु ।

लक्ष्यमा केन्द्रीतभई प्रस्तावलाई अस्विकारगर्न नचाहेको कहाँ
हाेर,
तर अस्विकारकै निहुँमा एसिड फ्याकिएकि अप्सरा खातुनकाे
कुराले झस्किन्छु ।

सिन्दुर चुरा र पाेतेमा सजिएर बेहुली हुने रहर नबाेकेकि कहाँ
हाेर,
तर दाईजो नदिएको भन्दै शारीरिक र मानसिक यातना दिएको घटनाले झस्किन्छु ।

प्रकृतिकाे सुन्दर उपहारलाई ग्रहनगर्दै अामाहुन नचाहेको कहाँ
हाेर,
तर छाेरि जन्मायकै निहुँमा विभिन्न यातना दिएको घटना सुन्दा
झस्किन्छु ।

छाेरिलाई पनि छाेरा समान ठानि बाहिर पठाउन नचाहेको कहाँ
हाेर,
तर पाँच वर्षकी बालिकालाई क्षतविक्षत हुनेगरि बलत्कार गरेकाे घटनाले झस्किन्छु ।

दुर्भाग्यवस श्रिमान गुमाएपनि अाफ्नाे कर्तव्य पूरागर्न नचाहेको कहाँ हाेर,
तर अाफ्नै सासु-ससुरा र नन्द मिलेर हत्या गरिएकि सुस्मिताकाे
घटनाले झस्किन्छु ।

चाहाना जिन्दगीका अनगिन्ती हुदाहुदै पनि ,
छाेरि भएकै कारण पूरा हुन कठिन छ भन्ने
कुराले झस्किन्छु ।।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close