सिमरामा विश्व मुटु दिवसको अवसरमा वयोधा अस्पताल द्वारा सचेतना मुलक रैली सम्पन


दीपेन्द्र यादव/बारा, ९ असोज।विश्व मुटु दिवसको अवसरमा नारायणी वयोधा अस्पताल बिरगंजको आयोजनामा सिमरा चोकमा जनचेतनामुलक कार्यक्रम गरि मनाएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा कुल जनसंख्याको ८० प्रतिशत र नेपालमा गरिएको अध्ययन अनुसार दुई तिहाई नेपालीहरु मुटुको रोग, मधुमेह, मृगौलाको रोग क्यान्सर लगायतका नसर्ने रोगको जोखिमबाट ग्रसित छन ।

नसर्ने रोगहरुबाट उत्पन्न हुने स्वास्थ्य जटिलता र कुल मृत्युदरमा मुटुरोग प्रमुख कारक तत्व रहेको विश्वभरिका अनुसन्धानहरुले देखाएका छन । मुटुरोगबाट जोगिने प्रमुख उपायहरुमा स्वस्थ्यकर जीवनशैली सन्तुलित भोजन, प्रशस्त शारीरिक व्ययाम, धुम्रपान र मध्यपान सेवन नगर्ने, दैनिक पाँच ग्राम भन्दा धेरै नुन सेवन नगर्ने र नियमित रक्तचाप चेकअप आदि पर्दछन् ।



विश्व मुटु दिवसलाई मध्यनजर गर्दै यस अस्पतालले २०७८ असोज ६ गते देखी १३ गते सम्म बिभिन्न ठाउँमा सचेतना मुलक कार्यक्रम “स्वस्थ मुटु सशक्त जीवन” मूल नारा सहित वॉक ए थन कार्यक्रम गरी मनाउने अस्पताल का बजार प्रतिनिधि कृष्ण साह ले जानकारी गराउनु भयो।

देशव्यापी गरिने यस प्रकारका जनस्वास्थ्य सम्बन्धी राष्ट्रिय अभियानलाई राज्यले देशको स्वास्थ्य प्रणालीमा समाहित गर्दै दीर्घकालीन रुपमा सरकारले नेतृत्व लिनु पर्दछ तथा अनुसन्धानबाट प्राप्त नतिजालाई मुटुरोगको नियन्त्रणको लागि निर्माण गरिने स्वास्थ्य नीतिको प्रमाणको रुपमा उपयोग गरिनु पर्दछ ।

उक्त कार्यक्रममा अस्पताल का मुटु रोग बिशिसज्ञ डा. राधा भटराईको अध्यक्षतामा सिमरा चोक देखी टेलीकॉम चोक र विमान स्थल रोड हुदै पुनः सिमरा चोकमा आएर समापन गरिएको थियो। उक्त कार्यक्रममा अस्पतालका स्वास्थकर्मी,स्थानीय युवा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close