
“के हुनुपर्यो?”
कुलत, बेईमानी र विसंगति किन चाहियो के हामीलाई?
त्यसमाथि अवांछित सवालहरु उत्तर किन खोजनुपर्यो हामीलाई?
जब मानिस एकरूप छन, तब कुनै दम्भी प्रश्नहरु चाहियो हामीलाई?
अंतरात्मा घमंडको बाटो किन रोजनुपर्यो र?
जीवनको हताशामा आफुले आफुलाई किन खोजनुपर्यो?
जीवनमा अगाडि बढ़ने निश्चय हुनुपर्यो।
जीवन जिउनुपर्यो,
त्यसमाथि पनि बिकट परिस्थिति माथि बिजय हुनुपर्यो।
कुनैपनि चुनौती म भन्दा ठुलो छैन।
भन्ने भावना हामीले हमीसँग जोडनुपर्यो।
सबै कुरा पैसा होइन भन्ने बुझनुपर्यो,
पैसा बिना केहि पनि हुदैन,भन्ने भर्म तोड्नुपर्यो।
मानवीय मूल्य र संवेदना पक्ष को जीत हुनुपर्यो।
जीवनको सुंदर गीत गुनगुनाउनुपर्यो।
हामी मात्र होइन,हामीसँग दुनियांको पनि रीत हुनुपर्यो।
आफुलाई आफुसंग मात्र नहिडाई,नकूदाई,
आफ्नो चालमा अरुसंगको मीत हुनुपर्यो।
र सदैब जीवनको जीत हुनुपर्यो।
आफ्नो प्रतिक्रिया दिनुहोस




