
घाम पानिको मौसम
आज छ घाम पानीको मौसम
परिरहेछ पानी छमछम।।
मौसम पनि कस्तो चिसो
आमाले भन्छन् छोरी जियोस।।१।।
छोरा छोरीमा फरक छैन
पानी र धर्ती जस्तो।।
आमा बुवाको प्रेम
भगवानको पुजाँ जस्तो।।२।।
जतै ततै घाम लागेको मौसम
कहाँ भेटने छाया सनसन्।।
पानीले गर्दा हामि झुमछौ
हामीले गर्दा पानी पर्छन्।।३।।
जाह ताह पानी परेको मौसम
परि रहेछ , पानी छमछम।।
आउ साथी नाचौ हामी छमछम
पानी पर्ने भयो अझै झमझम।।४।।
पानीको मौसममा हुन्छौ हामी मग्न
साथीसँग रमाउनेछ यो मौसम।।
पानीको माझमा साथी साथमा
हामी नाचने गर्छौ छमछम।।५।।

आफ्नो प्रतिक्रिया दिनुहोस




