हिमालयम पीरामिडको फ़ेर्वेल तथा वेल्कम प्रोग्राम सम्पन्न।

हिमालयन पिरामिड कलेज बिरगंज को Welcome program मा.मुख्यमंत्री लाल बाबू राउत जीको प्रमुख अतिथय र कलेज को कार्यकारी निदेशक बिजय यादव को अध्यक्षतामा सम्पन्न भएकोछ।

जसको बिशिष्ट अतिथि बिरगंज महानगरपालिका को शौक्षिक महाशाखा प्रमुख अरविंद लाल कर्ण र अरबिंद सिंह(N.PABSON का उपा-अधय्क्ष)को बिशेष उपस्थिति र स्बागत मनतव्य कलेजको प्रिंसिपल संजय कुमार सिंह जी गर्नु भएको थियो।

वीरगंजको प्रसिद्ध कलेजमध्ये पिरामिड कलेज पनि एक भएकोले विद्यार्थीहरुले राम्रै कलेज छानेर अध्यापन शुरु गरेकोमा खाली डाक्टर, इन्जिनियर मात्र नभएर अन्य प्रशासनीक, कृषि, न्यायालय बैंकिंक लगायतका क्षेत्रहरुमा पनि जोड दिनुपर्ने धारणा मुख्य मंत्री राउतले राख्नु भएको थियो ।

मुख्यमन्त्री राउतले भने अहिले डाक्टर, इन्जिनियर प्रशस्त भएकाले आफ्नो कार्यालयमा आई अभिभावकहरुले जागिर लगाइदिन भनेर हारगुहार गरिरहेकोले अब विद्यार्थीहरुले डाक्टर र इन्जिनियरको विकल्पमा अन्य विषय पढनुपर्ने बेला आएको समेत बताए ।

शिक्षाले मात्र समाज र राष्ट्र परिवर्तन हुने भएकोले शिक्षालाई पहिलो प्राथमिकतामा जोड दिनुपर्ने मुख्यमन्त्री राउतको भनाई रहेको छ । सरकारले करोडौं लगानी गरेर कलेजहरु स्थापना गरेको भएपनि अहिले सरकारी कलेजहरुबाट खासै आसलाग्दो विद्यार्थीहरु उत्पादन नभएकोले निजी कलेजहरुले आफ्नो निजी खर्चले विद्यार्थीहरुलाई उत्पादन गरिरहेकोमा धन्यवाद समेत मुख्यमन्त्री राउतले दिनु भएको थियो ।

प्रदेश सरकारले भर्खरै मात्र अध्यादेशमार्फत वीरगंजमा प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय स्थापना गर्न लागेकोले प्रदेशका विद्यार्थीहरुले यही प्रदेशमा अध्यापन गरुन र आफ्नै आमाबुवाहरुको साथसँग बसेर सानो तिनो रकममा उनीहरु पढन सकुन भन्ने उद्देश्यले विश्वविद्यालय खोल्न लागेको बताए ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close